अर्थ खबरसमाचारहेडलार्इन

१६ वर्षीय एक बालबसहित आलुऔषध ब्राउन सुगर कारोबार आरोपमा ४ जना समातिए

ईटहरी, Koshipost.com
सुनसरी जिल्लाको ईटहरीबाट एक बालक सहित ४ जना ब्राउन सुगर कारोबारी पक्राउ परेका छन् । ईटहरीको होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले ईटहरी –६ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका हुन् ।


अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले गए राती पौने १२ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्लाको निजगढ नगरपालिका १२ घर भई ईटहरी ५ मा बस्दै २७ बर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी ५ का १६ बर्षीय एक बालक र ईटहरी ४ का १८ वर्षीय जोन चौलागाई रहेका छन् ।


उनीहरुको साथबाट प्रहरीले ५६ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद २ हजार समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी ४ का २३ वर्षीय बिबेक खड्काको समेत संग्लग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । खड्काको साथबाट २९ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर वरामद भएको छ । पक्राउ परेकाहरुबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button