राजनीतिसमाचारहेडलार्इन

एमालेसहितको सरकार बनाउन देउवालाई माधव नेपालको सुझाव, तत्काल सरकारमा सहभागी नहुने

[mashshare]

काठमाण्डौं,koshipost.com

एमालेसहितको सरकार बनाउन देउवालाई माधव नेपालले सुझाव दिदै तत्तकाल सरकारमा सहभागी नहुने बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका हुन् । सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु नेपाल निवास कोटेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा नेता नेपालले लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन सफल भएकोमा विपक्षी गठबन्धनका सबैलाई धन्यवाद दिएका थिए । यद्यपि, सर्वोच्चको आदेशसँगै अब परिस्थिति बदलिएकाले सरकारमा सहभागी हुने र विश्वासको मत दिने विषयमा भने नेकपा एमालेको संस्थागत निर्णय गरेर मात्र आफूहरू अघि बढ्ने सन्देश विपक्षी गठबन्धनका नेताहरूलाई दिएका थिए ।

‘हिजोको परिस्थितिसम्म लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन तपाईंहरुको साथमा थिएँ । यसका लागि भोलि पनि मसँगै रहन्छु,’ नेपालको भनाइ उद्धृत गर्दै एमाले रघुजी पन्तले रातोपाटीलाई भने, ‘मेरो पार्टीमा एकताको प्रक्रिया अघि बढिरहेको छ । अब सरकारमा सहभागी हुने कुरा र देउवाजीलाई विश्वासको मत दिने कुरा पार्टीले गर्ने संस्थागत निर्णयका आधारमा अघि बढ्ने छौँ ।’

यता, काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी भइरहेको जानकारी दिए । पावर सेयरिङको विषयमा विपक्षी गठबन्धनबीच भोलि पुनः छलफल हुने जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button