
धरान,koshipost.com
सुनसरीको धरानमा प्रधानन्यायाधिशको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको विरोधमा राष्ट्रिय युवा संघले धरानमा राँके जुलुस निकाली प्रधानन्यायाधिशको पुत्ला दहन गरेको गरेको
संघको धरान उपमहानगर कमिटीले बुधबार साँझ धरानमा राँके जुलुस गरेको हो । जुलुसलाई प्रहरीले हस्तक्षेप गरेपनि ३ तिरबाट जुलुस निस्किएको कारण भानुचोकसम्म युवा संघका कार्यकर्ताहरु पुग्न सफल भएका थिए । छाताचोकस्थित एमाले पार्टी कार्यालयबाट एक समुहले जुलुस निकालेका थिए भने एउटा समुह सब्जीमण्डी र अर्को समुह घण्टाघर पछाडिबाट निस्केको थियो ।
युवाहरुले परमादेश र प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराविरुद्ध नाराबाजीसमेत गरे । भानुचोकमा राँके जुलुसमाथि प्रहरी हस्तक्षेप भएको थियो । तिन तिरबाट निस्केको जुलुसले प्रधानन्यायाधिश जबराको ३ वटा पुत्ला बोके पनि एउटा मात्र जलाउन सफल भएको संघका धरान अध्यक्ष भवानी दाहालले बताए । ‘जनमत विपरीत परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्ने जनघाती आदेश दिइएकोले विरोधमा राँके जुलुस र पुत्ला जलाइएको हो,’उनले भने ।