
धरान,koshipost.com
सुनसरीको धरानमा लुकुवा रिर्सोट चाडै सञ्चालन आउने भएको छ । रिसोर्ट उदुघाटन हुनुअघि नै टिकटक र फेसबुकमा भाईरल भन्दै गएको स्थानीयहरु बताउँछन् । जंगलको बिचमा रिर्सोट बनाउने भन्दा लिम्बु भाइहरु बौलाए भनेर केही मानिसहरुले भन्ने गरेको सञ्चालक राज कुरमार लिम्बुले विगतलाई सम्झदै सुनाए । जङ्गलको बीच भाग, खोलाको छेऊमा बन्दै गरेको रिसोर्ट सञ्चालनमा आउनु अघि नै पर्यकटको घुईचो लाग्न थालेको छ सञ्चालकहरु बताउँछन् । रिसोर्ट सञ्चालनमा आउनुअघिसम्म त्यहाँ पुग्ने बाटो समेत थिएन । तर पनि युवाहरुले हिम्मत हारेनन् । अहिले त्यहाँ आफ्नै लगानीमा बाटो समेत पुरयाइसकेका छन् ।

धरान –५ बगरकोटदेखि दुई किलोमिटर पूर्वमा तीनजना मिलेर जङ्गलको बीचमा हेर्नलायक रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । ‘फिनिसिङ’ हुन बाँकी छ तर पनि धराने पुस्ता पुगिसकेका छन् । टिकटकमा भाइरल समेत बनिसकेको छ । धरानका अशोक लिम्बू, राजकुमार राई र सुमन चेम्जोङले ‘लुकुवा’रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । रिर्सोटको लागत करिब अढाइ करोड पुग्ने सञ्चालकहरुको भनाई छ । अशोकबाहेक राजकुमार र सुमन विदेशको अनुभव लिएर नेपालमै केही गरौं भन्ने उद्देश्यले फरक रिर्सोट सञ्चालनमा ल्याउन लागेको उनीहरु बताउँछन् । निषेधाज्ञामा पनि यसलाई सिङ्गार्न लागिपरेको उनीहरुले बताएका छन् । ‘निषेधाज्ञामै पनि हामीले यहाँ काम गरयौं’, राजकुमार भन्छन्, ‘अहिले फिनिसिङ हुन भने बाँकी छ ।’

रिसोर्टमा आकर्षकका रुपमा छ– प्राकृतिक झरनालाई ‘मोडिफाइ’, स्वीमिङ पुल, लाइभ फिसिङ, मयुर,उल्लु,जलपरी र भ्यागुताको समेत स्टयाचु, तयार भईसकेको छ । पुरानो पाराको घर, बार्बिक्यू, ढुङ्गाले खोपिएको परी, जनावर, पंक्षीका कलाकृति, बालबालिकाका लागि मनोरञ्जनात्मक खेलका सामग्रीहरु, ओपन डिजेको सुविधा सहित रिर्सोट सञ्चालनमा ल्याउन लागेको सञ्चालक राज कुमार लिम्बुले जानकारी दिए । ‘अहिले ८० प्रतिशत काम सम्पन्न भइसकेको छ’, राजकुमार भन्छन्, ‘निषेधाज्ञापछि चाँडै सञ्चालनमा आइहाल्छ ।’ विदेशबाट फर्किएर केही नयाँ र फरक तरिकाले काम गरौं भन्ने हिसाबले आफूहरु लागिपरेको उनीहरु बताउँछन् । ‘बगरकोटमा लञ्ज एण्ड बार खोल्यौं’, सुमन भन्छन्, ‘त्यसपछि फरक कन्सेप्ट दिँदै फरक, नौलो स्वाद चखाउन यस्तो रिसोर्ट सञ्चालनमा ल्याएका हौं ।’

यस्तै, यस रिर्सोटमा जीपलाइनको कल्पना पनि गरिएको र रिसोर्ट सञ्चालनमा आइसकेपछि त्यो पनि सञ्चालनमा ल्याउने तयारी थालिएको सञ्चालकहरुले जानकारी दिए । विदेशमा सिकेका कुराहरु नेपालमै प्रयोग गरौं र विदेशको कमाइ पनि नेपालमै लगानी गरौं भन्ने हिसाबले आफूहरु लागिपरेको उनीहरु बताउँछन् । ‘विदेश जानु बाध्यता हो, केही सिकेर आएका कुराहरुलाई यही पोखौं’, सुमनले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए । विदेश फर्कन छाडेर विदेशमा सिकेको सिपलाई स्वदेशमै केही गर्ने लक्ष्य लिएर अघि बढ्ने युवाहरुलाई केन्द्रिय सरकार र स्थानीय सरकारले सहयोग गर्नु पर्ने रिर्सोट सञ्चालक युवाहरुको भनाई छ ।




