
धरान,koshipost.com
धरानमा कोरोना विरुद्धको भेरो सेल खोप र जोन सन खोप लगाईने भएको छ । ५५ वर्ष वा सो भन्दा माथिकाको लागि भोली (सोमबार)देखि चाईनिज भेरो सेल खोप लगाईने भएको हो । पमहानगरपालिकामा आज ९आईतबार० आयोजित पत्रकार सम्मेलनमा धरानका ७ स्थानमा खोप केन्द्र तोकिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार धरान स्वास्थ्य चौकी छाताचौकमा वडा नं. १, २, ३, १०, १२, र १६ का नागरिक र वैदेशिक रोजगारमा जाने व्यक्तीहरुले भिसा र पासपोर्टको आधारमा सक्नेछ भने पाँचकन्या स्वास्थ्य चौकी ठिंगाबारीमा वडा नं। ४, ५ र ६ का नागरिकहरुले लगाउन सक्नेछ ।
विष्णुपादुका स्वास्थ्य चौकीमा वडा नं. २०, धरान ८ स्थित सभागृहमा वडा नं. ७, ८ र ९ का नागरिक तथा सार्वजनिक यातायातका चालक, सहचालक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र शिक्षाका कर्मचारीहरुले लगाउने छ । वडा नं। १३ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा वडा नं. ४, १३ र १४ नागरिकहरुका साथै खोप लगाउन छुटेका सञ्चारकर्मी तथा पत्रकारहरुलाई पनि सोही केन्द्रमा खोप लगाईने छ । पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा वडा नं. ६ र १५ का नागरिकहरुलाई लगाईने छ भने कार्मेल हाईस्कुलमा वडा नं. ११, १७, १८ र १९ का नागरिकहरुलाई लगाईने मेहताले बताउनुभयो । उहाँले कोरोना विरुद्धको भेरो सेल खोप साउन ११, १२ र १३ गतेसम्म लगाईने जानकारी दिनुभयो । प्रत्येक खोप केन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप लगाईने छ । धरानमा भेरो सेल खोप ५ हजार आएको छ ।
यस्तै, अमेरिकन जोन सन खोप धरानमा साउन १४ र १५ गते दुईदिन लगाईने पनि स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ५० वर्षदेखि ५४ वर्ष उमेर समुहकालाई कोरोना विरुद्धको जोन सन खोप लगाईने जानकारी दिनुभयो । साथै, जोन सन खोप अति अशक्त अपाङ्गता भएका नागरिकहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई लगाईने छ । धरानका लागि जोन सन खोप ५ हजार आउने उहाँले बताउनुभयो । माथि तोकिएकै खोप केन्द्रमा जोन सन खोप लगाईने छ ।