
दिल बहादुर राई/धरान,koshipost.com
कहिलेकाही चिया पिउन रहर गर्ने म चिया पिउन भनेर चिया पसल तिर लागे आडैमा औषधी पसल पनि थियो । म चियाको पखाईमा थिए एउटा मोटरसाइकल फार्मेसी तिर विस्तारै आयो । मैले सोचे नियामित बिहान खाने औषधीका लगिा ग्राहक आएको होला । मोटरसाइकलको पछाडि माक्र्स लगाएकी अन्दाजी २२, २३ वर्षकी एक युवती सो मोटरसाइकलबाट ओर्लिन्छिन । तुरुन्तै औषधी पसल भित्र छिरछिन् । अनि औषधी पसलले संग आइपिल ७२ घन्टे माग्छिन र आइपिल को ८० रुपैयाँ दिदै टेबलमाथि रहेको पानीको बोत्तल खोली सो आइपिल पानीको साहयताले घुटुक्क निल्छिन् । र हतारिदै उक्त मोटरसाइकलमै बसेर गईन् । चियावालाले मलाई चिया दियो चियाको चुस्की संगै युवा पुस्ताहरुको यौवन, प्रेम अनि सम्बन्ध बारे सोच्दै चिया पिए गर्मीले होला चिया पिउन केही समय लाग्योे । म चियाको पैसा तिरेर हिड्नै लाग्दा फेरि अन्दाजी १९, २० वर्षका युवा(युवती हिढ्दै औषधी पसल नजिक आइपुग्छन्।् । युवती चाहिँ अलमल) गरेजस्तो गरी औषधी पसल बाहिरै बस्छिन् । युवा चाहिँ औषधी पसले सँग आइपिल ७२ घन्टे चक्की किनि खोल डस्बिनमा फ्याकि ट्याब्लेट मात्र लिएर युवती तर्फ लाग्छन् । केही समयको अन्तरालमा देखिएका यी दृश्य त केबल प्रतिनिधि दृश्य मात्र थिए । समयको तीव्र रफ्तारसँगै युवा पुस्ताहरु पनि आधुनिक हुँदै गइरहेका छन् ।
समाज जसरी दुर्तगतिमा परिवर्तन हुँदैछ । त्यसैगरी आजका युवा पुस्ताहरुको यौवन, प्रेम अनि सम्बन्ध पनि परिवर्तित हुँदै गइरहेको छ । हिजो निकै ठूलो कुरा मानिने यौनसम्पर्क आजको युवा पुस्ताले निकै सामान्य रुपमा लिन थालेका छन् । युवा(युवतीहरुमा विपरित लिङ्ग प्रतिको आकर्षण र यौन कौतुलताका कारण पनि स्कुल अथवा कलेज जाने उमेर मै लभ गर्ने एउटा फेसन चलेको छ । लभ नगर्ने युवायुवतीहरु आधुनिक युवा पुस्ताको नजरमा हाँसो को पात्र बन्चन् रे । शारीरिक आकर्षणमा लिप्त आजका युवा पुस्ताहरुको यौवन, प्रेम अनि सम्बन्ध बच्चाबच्चीमा खेलिने भाँडाकुटी खेल जस्तो बनेको छ । क्षणिक समयको लागी मनोरञ्जन गर्ने माध्यम बनेको छ ।
सामाजिक संजालको लतमा फसेका युवापुस्ताहरु आज बन्द कोठा भित्र बसी सामाजिक संजालको माध्यमबाट संसार भर देखिएका राम्रा,नराम्रा पक्षलाई नियालीरहेका छन् । जस लाई आत्मसात गर्दै आफुलाई जबरजस्ती तरिकाले आधुनिकताको नाममा परिवर्तित गर्दै आएका छन् । पछिल्लो समय युवा पुस्तमा सामाजिक सञ्जालको सदुपयोग भन्दा पनि दुरुपयोग बढी भएको पाईन्छ । सामाजिक सञ्जालबाटै माया प्रेम गर्छन् । अनि प्रेममा यौन मिसाई दुई दिन मै सामाजिक सञ्जालकै माध्यमबाट बिछोड हुन्छन् । आज हेराहेर भोलि प्रेम अनि पर्सी ब्रेकअप अहिलेका युवा पुस्तामा यही परिपाटी हाभि भएको देखिन्छ ।
जवानीको जोश लाई थप सक्रिय बनाउन आजका युवायुवतीहरु सामाजिक संजाल,फेसबुक तथा युट्युब मा बढी सक्रिय छन् । जसका माध्यमबाट सजिलै हेर्न सकिने अश्लिल फोटो अनि भिडियोहरु र खुलेआम इन्टरनेटमा चलिरहेका पोर्न साइट हरुका कारण पनि सानै उमेरमा विपरीत लिंगीवीच असुरक्षित यौन सम्बन्ध राख्ने क्रम वृद्धि भएको छ । जस्ले गर्दा आजका युवा पुस्ताहरु बिहेअघि वा बिहेपछिको पर पुरुष पर स्त्री संगको सम्बन्धलाई सामान्य रुपमा लिन थालेको पाइन्छ । युवाहरुका प्रेमजोडीहरु हुन् ,वा विदेश या स्वदेशमा रहेका बैसालु महिला वा पुरुषहरु चाहे त्यो डेटिङमा होस् । चाहे त्यो बन्दकोठाभित्र गरिएको यौनसम्पर्क होस् । उक्त यौनसम्पर्क गरिसकेपछि गर्भ चाहिँ नरहोस् भन्ने चाहन्छन् । जसले गर्दा आज आकस्मिक गर्भनिरोधक ७२ घन्टे चक्कीहरुको प्रयोग गर्नेमा क्याम्पस र स्कूलले छात्राहरु बढीमात्रामा सक्रिय भएको देखिन्छ । भने विवाहित महिलाहरूको सवालमा निकै कम मात्रामा प्रयोगमा आएको पाइन्छ ।
क्षणिक रमाइलोको लागि उमेर नै नपुगी शारीरिक सम्पर्क राख्ने भर्खरका युवा युवतीहरु माज यी ७२ घण्टे चक्कीहरु अत्यन्तै लोकप्रिय बनेको छ । उनीहरुको लागि ७२ घण्टे चक्की यौन सारथी भएको छ । जो सुकै होस् । जुन अवस्थामा होस् । डाक्टर हरुको प्रेस्कृप्सन बिना सहज रुपमा बजारमा उपलब्ध हुने विभिन्न कम्पनीहरुले उत्पादन गरेका यस्ता ७२ घण्टे चक्कीहरुले गर्दा पनि युवा पुस्ताहरुलाइ यौनसम्पर्क गर्ने गतिलो माध्यम साथै सहजता र प्रोत्साहन मिलेको पाईन्छ । जस्ले गर्दा असुरक्षित यौनसम्पर्क गरेको ७२ घण्टाभित्रमा आकस्मिक गर्भनिरोधक चक्की खाएपछि गर्भ बस्दैन भन्ने अपुरो मान्यता बोकेका युवा पुस्ताहरुको लागि यो ७२ घन्टे चक्की यौनसम्पर्क गर्ने गतिलो माध्यम बनेको छ । हतार र असुरक्षित यौन सम्बन्धका लागि वरदान बनेको छ । कतिपय युवायुवतीहरु यौनको रंगमञ्चमा अपूर्ण ज्ञान बोकि यही चक्कीमै निर्भर हुने गरेका छन् ।
जवानीको जोस बोकी यौन खोज्दै हिँड्ने युवा पुस्ताहरुलाइ सामान्य रोग अथवा औषधीहरु सम्बन्धी कुनै जानकारी नहुनसक्छ । तर विभिन्न कम्पनीहरुले उत्पादन गरेका यस्ता आकस्मिक गर्भनिरोधक ७२ घण्टे चक्कीहरु प्रति ऊनिहरु जानकार छन् । सके उनीहरूको गोजीमा नसके उनीहरूको मुखमा त अवश्य झुन्डिएकै हुन्छ । त्यसैले पनि होला हिजोआज विभिन्न कम्पनीहरुले उत्पादन गरेका आकस्मिक गर्भनिरोधक चक्की (म्याक्स सेभेन्टि टु, इ सेभेन्टि टु, अनवान्टेड, इकोन लगायतका विभिन्न नाममा उपलब्ध हुने यस्ता आकस्मिक गर्भनिरोधक चक्कीहरु को बिक्रीवितरण ले ठुलो बजार लिएको देखिन्छ । विभिन्न नाममा उपलब्ध हुने यस्ता चक्कीहरु अहिलेका युवतीहरुले अत्यधिक रूपमा बढी प्रयोग गर्ने गरेको तथ्य हरु बाहिर आइरहेका छन् । बजारमा ८० रुपैया पर्ने यी गर्भनिरोधक ७२ घण्टे चक्कीहरु दुर्गम ठाउँ पहाड तिर २ सय रुपैया सम्म विक्रि हुने गरेको गाँउपालिकाका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
यसरी युवा पुस्ताको रोजाइमा परेको यो ७२ घण्टे चक्की ले अनिच्छित गर्भ रहन नदिएपनि यसले सेक्सुअल कन्ट्याक्टबाट सर्ने यौनरोगहरूलाई भने रोक्न सक्दैन । जस्ले गर्दा एचआईभी, एड्स जस्ता थुप्रै यौन रोगहरुले भयाभव रुप लिने होकी भन्ने त्रास फैलाएको छ । भने अर्कोतिर युवा पुस्ताहरु यस्ता चक्कीहरु प्रति आकर्षित हुन थालेपछि हिजो आज मेडिकल, स्वास्थ्यचौकी हरुमा कण्डमहरु को बिक्रीवितरण कम हुदै गएको पाईन्छ । युवा पुस्ता मात्र नभएर आम मानिसहरुमा कण्डमको प्रयोगले यौनी र लिङ्गको सम्पर्क हुँदा सन्तुष्टि नहुने विश्वास गर्छन् । यता विभिन्न अध्ययनले भने कण्डमको प्रयोगले यौनसम्पर्कको समयलाई कुनैपनि प्रभाव नपार्ने पुष्टि गरिसकेका छन् ।
वास्तवमा कण्डमलाई बहुउपयोगीका रुपमा लिन सकिन्छ । कण्डम यौनजन्य रोग को संक्रमणबाट पनि बचाउने र गर्भधारण पनि रोक्ने एकमात्र प्रभावकारी अस्थाई साधन हो । कतिपयले कन्डम लगाउँदा यौनक्रिडामा आनन्द आउदैन भन्ने पनि गर्छन । आधुनिक जीवनशैलीमा रमाउने युवा पुस्ताहरु आफ्नो पहिलो सेक्स छोटो अवधिमा समाप्त गर्न चाहँदैनन् । अर्थात् आफ्नो सेक्सलाई लामो समयसम्म टिकाउन आजका युवा पुस्ताहरु विभिन्न माध्यमहरुलाई आत्मसात गरिरहेका छन् । यसरी जवानीको जोस मा फाइदा मात्र देख्ने तर बेफाइदा नदेख्ने युवा पुस्ताहरुमा पछि गम्भीर प्रकृतिका स्वास्थ्य जटिलताहरु आउन सक्छ ।
आखिर के हो त यो ७२ घण्टे चक्की ?
सरल भाषामा भन्नुपर्दा असुरक्षित यौनसम्पर्क भएपछि। गर्भवती हुनबाट रोक्न मद्दत गर्ने हर्मोनयुक्त महिलाले खाने चक्की हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले आकस्मिक गर्भनिरोधक चक्कीका रूपमा लिभोनोरजेस्टेल र युलिप्स्टिल लाइ मान्यता दिएको छ । यो चक्की असुरक्षित यौनसम्पर्क भएको ५ दिन अर्थात १२० घण्टा भित्रमा खाइसक्नुपर्ने हुन्छ । लिभोनोरजेस्टेल १।५ मिलिग्रामको एकमात्र बराबर खानुपर्ने डब्लूएचओ ले बताएको छ । भने त्यस्तै युलिप्स्ट्लि ३० मिलिग्राम लिनुपर्ने डब्लुएचओको तथ्य पत्रमा उल्लेख गरिएको छ ।
वैकल्पिक रुपमा भने महिलाले लिभोनोरजेस्टेल लाई ७५ मिलिग्रामको दुई चक्की १२ घन्टाको फरकमा पनि खान सकिने डब्लूएचओ को गाइडलाइन मा ऊल्लेख गरेको । कुनै पनि कारणवश गर्भनिरोधको सुरक्षा उपाय अपनाउन असक्षम भएको स्थितिमा यो आकस्मिक गर्भनिरोधक चक्की लाइ अवलम्बन गर्न सकिन्छ । आकस्मिक गर्भनिरोधक चक्कीको उपयोग गर्दा सतप्रतिशत गर्भ भने रोक्ने ग्यारेन्टी हुँदैन । डब्लूएचओका अनुसार ठिक समयमा यसको प्रयोग गर्न सके गर्भ रोक्नमा ५२ देखि ९४ प्रतिशत मात्र प्रभावकारी हुन्छ ।
असुरक्षित यौनसम्पर्क पछि कति चाडो यो औषधि उपयोग गरिएको छ । महिनावारी कुन अवस्थामा छ । साथै कस्तो प्रकारको औषधी खाइएको छ । भन्ने कुरामा निर्भर रहन्छ । यदि उक्त औषधी जति चाँडो खाइयो त्यति नै प्रभावकारी हुन्छ । आकस्मिक गर्भनिरोधक चक्की यदि २४ घण्टाभित्रमा खाएको छ, भने यो ९५ प्रतिशत प्रभावकारी हुन्छ । त्यस्तै २५ देखि ४८ घण्टामा खाएको छ । भने ८५ प्रतिशत र त्यसपछि खाँदा त्यसको प्रभावकारिता अझ कम (कम हुँदै जान्छ । यो कुरा डब्लूएचओ को तथ्य पत्रमा उल्लेख गरिएको छ ।
कसरी काम गर्छ औषधिले ?
आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ, जसले गर्भ बस्न दिँदैन । गर्भ बस्न आवश्यक हर्मोनलाई यसले नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गरेर गर्भ बस्न दिँदैन, जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भु्रण बन्न नदिने र यदि भ्रुणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो ।
के यो सुरक्षित छ ?
आकस्मिक गर्भनिरोधक चक्की स्वास्थ्यका दृष्टिकोणले सुरक्षित भन्न सकिने अवस्था छैन । आकस्मिक घटनामा एक÷दुईपटक प्रयोग गर्नाले यसले खासै फरक पार्दैन । तर यसलाई अन्य पिल्ससरह नियमित प्रयोग गर्ने गरियो भने यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताउँछन् प्रसूतिगृहका निर्देशक तथा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम ।
यस्ता हुन्छन् ६ असर
१) हर्मोनमा गडबडी
महिलाले प्रयोग गर्ने यस्ता औषधिमा शरीरमा हुनेभन्दा फरक हर्मोन हुन्छ । यो हर्मोनले अर्को हर्मोनसंग संघर्ष गरेर गर्भ बस्न दिँदैन । तर, यस्तो औषधि प्रयोगपछि यस्ता हर्मोन पनि महिलाको शरीरमा रहन सक्छ । जसकारण शरीरमा अनावश्यक हर्मोन प्रवेश भई विभिन्न शारीरिक समस्या ल्याउन सक्छ ।
२) पाठेघरको नली फुट्ने खतरा
यस्ता चक्की प्रयोगले पाठेघरको नलीसमेत फुटाउन सक्ने प्रसूति गृह निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । महिलाको पाठेघर अत्यन्तै संवेदनशील अंग भएकाले यस्ता औषधि प्रयोगले नलीमा विकास भएको वा हुन लागेको भु्रणलाई असर गर्छ । जसकारण पाठेघरको नली फुट्न सक्ने खतरासमेत हुने उनको भनाइ छ ।
३)अत्यधिक रक्तश्रावको खतरा
आकस्मिक गर्भनिरोधक चक्की सेवनले धेरै रक्तश्राव हुने खतरा रहेको निर्देशक गौतम बताउँछन् । भ्रुण बनिसकेको भए यस्ता चक्कीले त्यो भु्रण तुहाउँछ । यस्तो अवस्थामा यस्ता औषधि लिने महिलालाई अत्यधिक रक्तश्राव हुने उनको भनाइ छ ।
४) बाँझोपनको खतरा
आकस्मिक गर्भनिरोधक चक्की अत्यधिक प्रयोग गर्नाले महिलामा बाँझोपन समस्या आउन सक्ने चेतावानी दिन्छन् डाक्टर गौतम । यी औषधि लगातार प्रयोग गर्नाले प्रोजेस्टेरोन हर्मोन उत्पादन नै बन्द हुन सक्ने खतरा छ । जसकारण पछि गर्भ नै नबस्ने खतरा हुने उनको चेतावनी छ । प्रोजेस्टेरोन एउटा त्यस्तो महिला हर्मोन हो, जसले डिम्ब निष्कासन तथा गर्भ बस्नमा महत्वपूर्ण भूमिका खेल्छ ।
५) यौनरोगको जोखिम उस्तै
अहिले इमर्जेन्सी कन्ट्रासेप्टी पिल्स अर्थात् एसीपीको प्रयोग गरेपछि गर्भ रहँदैन भन्दै युवकयुवतीले यसको प्रयोगलाई व्यापकता दिएका छन् । तर, गर्भ रोक्ने औषधि छँदै छ नि भन्दै उनीहरूले कन्डम प्रयोगमा अनिच्छा देखाउँदा यसले यौनरोगको खतरा भने बढाएको छ । औषधि प्रयोगले यौनरोग सर्नबाट रोक्न सक्दैन । जसकारण एचआइभी एड्सजस्ता भयानक रोगको खतरा दिनानुदिन बढ्दै गएको छ ।
६) महिनावारी गडबड
यो औषधीमा हर्मोन हुने र महिलाको शरीरमा हुने हर्मोनसँग द्वन्द्व हुने भएकाले यसले महिलाको मासिक चक्रमा असर गर्न सक्छ । कतिपयलाई यो औषधि प्रयोग गरेलगत्तै रक्तश्राव पनि हुन सक्छ । जसकारण महिनावारीमा गडबडी ल्याउने काम गर्छ । यस्ता औषधिका कारण कहिले समयभन्दा अगाडि र कहिले महिना पुगेको लामो समयपछि मात्रै महिनावारी हुने गरेको डाक्टर गौतम बताउँछन् ।
अविवाहित युवतीले गर्भपतन गर्नु सामाजिक रूपमा गलत ठानिने भएकाले पनि ज्यान जोखिममा राखेर आफूखुसी काउन्टरबाट औषधि किनेर ‘मेडिकल एबोर्सन ’ गराउनेहरू धेरै छन् । पटक–पटकको गर्भपतन अझ जोखिमपूर्ण हुन्छ । अनियमित रजस्वला भएका, स्टेरोइड थेरापी लिएका दमका रोगी, जन्डिस भएका, रक्तअल्पता भएका, उच्च रक्तचाप भएका, यौनरोग लागेका, पाठेघरमा संक्रमण भएका, मुटुरोग लागेकाले मेडिकल एबोर्सन गराउन मिल्दैन । तर, असुरक्षित रूपमा गरिने मेडिकल एबोर्सनमा यी कुरा जाँच तथा सोधखोज हुने सम्भावना कम हुन्छ ।
सरकारले सुरक्षित गर्भपतनका लागि खोलेका सेन्टरमा समेत उनीहरू जान हिचकिचाउने गरेकाले उपभोक्ता आफैँले आफ्नो स्वास्थ्य खतरामा पारिरहेका छन् । डा. गौतमका अनुसार युवायुवतीले गलत कुरामा लाज हटाएका छन् । ‘डाक्टर सा ’ ब ‘प्राइभेट पार्ट ’ मा समस्या देखियो ’ युवती निर्धक्क भन्छन्,’ डा. बताउँछन्, । ‘उनीहरु विचार नपुराई इमरजेन्सी पिलको प्रयोग बढाइरहेका छन् । ’
युवामा शिक्षाको ठूलो अभाव छ । ‘उनीहरूमा कन्डम प्रयोग गर्दा प्रशस्त यौन सन्तुष्टि प्राप्त नहुने भ्रम व्याप्त रहेकाले उनीहरू स्वास्थ्यको ख्याल नगरी लगातार आकस्मिक गभ्र्निरोधक चक्की प्रयोग गर्छन् र गर्भपतन बढेको छ,’। डाक्टरको अनुभवमा गर्भपतन गराउन कलिला केटी लिएर अधबैँसेहरु पनि धेरै आउने गर्छन् । १६ वर्षमाथिका महिलाको केसमा सोधखोज गर्न नपाउने हुनाले नामसमेत खुलाउनु नमिल्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।