शिक्षासमाचारहेडलार्इन

प्राइम भिजन ईन्टरनेशनल कलेजमा पहिलो पटक होटल व्यवस्थापन अध्ययनको लागि एडीएचएम कोर्ष

[mashshare]

धरान,koshipsst.com

प्राईम भिजन ईन्टरनेशनल कलेजमा पहिलो पटक होटल व्यवस्थापन अध्ययानको लागि एडीएचएम कोर्ष शुरु भएको छ । विद्यार्थीहरुको भविष्यलाई सुरक्षित गर्न यो कोर्ष धरानमा ल्याएको कलेजका मेनेजर तथा संचालक अभिषेक श्रेष्ठले जानकारी दिए । प्राइम भिजनमा अध्ययन गर्ने विद्यार्थीलाई ट्रिपल प्रमाण पत्र समेत प्रदान गरिने संचालक श्रेष्ठले बताए । कलेजले बुधवार पत्रकार सम्मेलन गरी सेवा सुविधाको बारे जानकारी गराएको हो ।

धरानमा रहेका अन्य कलेजको भन्दा आफ्नो कलेजले दिने शिक्षा र अवसर फरक रहेको कलेज संचालक श्रेष्ठले जानकारी दिए । एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट विषय अध्यापन आइरहेको उनको भनाई छ । यस कार्यक्रमले विद्यार्थीहरुलाई हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्ने श्रेष्ठको भनाई रहेको छ । उनीहरुलाई यस क्षेत्रमा काम गर्दा २१ शताब्दीको चुनौतिहरुको सामना गर्न सक्षम बनाउने दावी समेत श्रेष्ठको छ ।

एलसिसिआई ग्लोवल क्वालिफिकेसनद्धारा मान्यता प्राप्त संस्थाले अन्तराष्ट्र्य शैक्षिक गूणस्तर मापन एसक्यूएले शैक्षिक गूणस्तरको मान्यतम प्रदान गरेको छ । धरानमा एक मात्र मल्टीमीडिया शिक्षा प्रणालीसंगै एसि कक्षामा अध्यापन गराइने आफ्नो कलेज रहेको को–अर्डिनेटर अनिल श्रेष्ठले बताए । ‘हामीले कलेजमा विद्यार्थीको शैक्षिक गूणस्तर बिकासका लागि निः शुल्क ट्याब्लेट (पीसी), झोला र किताबहरु, किचन किट, वाईफाई सुविधाहरु समेत व्यवथा गरेकाछौं अरुले जस्तो बाहिर मिडियामा मात्र होइन हामीले व्यवहारिकतामा गरेकाछौ ’ श्रेष्ठले भने । हाम्रो कलेजले विद्यार्थीहरुको पढन पाउनू पर्ने अधिकारलाई सुनिश्चित गर्न शैक्षिक ऋणको समेत व्यवस्था गरेको छ ’ अप्रेशन मेनेजर श्रेष्ठले थपे ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फ्रेन्च भाषा , ड्राइभिङ कक्षाहरु हरेक हप्ता व्यवहारिक विभिन्न गतिविधिहरुको माध्यमबाट सिकाइने, संगित कक्षा , वास्केटबल , फूटवल , साइक्लीङ्ग , स्वीमीङ्ग जस्ता विद्याथीको रुचि अनुसार अतिरिक्त कृयाकलापहरु गराइने छ । विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यान दिदै बरिष्ठ डाक्टरहरुबाट निः शुल्क स्वास्थ्य तथा दन्त परिक्षण गराइने व्यवस्था गरेको छ । नेपालको विभिन्न ५ तारे होटलहरुमा शैक्षिक भ्रमण साथै राष्ट्रीय र अन्तर्राष्ट्रिय ५ तारा होटलहरुमा सशुल्क इंटर्नशिप गराउदै अध्ययनको व्यवस्था मिलाएको कलेज संचालकले जानकारी दिए ।

अध्यन अवधिको समयमा पनि स्थानीय बजारमा रोजगारको अवसरहरु व्यवस्था गरिन्छ । हाल धरानमा शिक्षा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा देखिदै आएको छ । विद्यार्थीहरुले एडिएचएम संगै प्लस टु पनि निशूल्क गरी दिएको छ । यहाँ डिप्लोमा र अग्रिम डिप्लोमा कोर्स मा केही फरक छ । डिप्लोमा कोर्स ६ महिनाको तर एडिएचएम मात्र विएचएमको तेस्रो सेमेस्टरको बराबर कोर्स हो । यस कार्यक्रमले अन्तर्राष्ट्रिय बेंच मार्किंगले विद्यार्थीहरुलाई अतिरिक्त मुल्य र क्यारियर प्रगति प्रदान गर्ने कलेज संचालकको भनाई छ । कलेजले विद्यार्थीहरुलाई क्रेडिट स्थानान्तरण सुविधाहरु समेत प्रदान गर्ने जानकारी दिएको छ । प्राइम कलेज विगत ४ वर्ष देखि धरानमा सञ्चालन हुदै आएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button