समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा ६९२ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यृ

विराटनगर,koshipost.com


प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६९२ जना कोरोना संक्रमित थपिएका छन् । यसमध्ये २६ जना धरानको संक्रमित थपिएका हुन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार ७ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा २ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, १ हजार ५ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय ८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, संखुवासभा र भोजपुरमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा ५, चौवीसे, शहिदभूमीमा १–१, इलामको सुर्योदयमा ४, इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, संखुवासभा र भोजपुरको साल्पा सिलिछोमा १–१ जनामा संक्रमण देखिएको सामजिक विकास मन्त्रालयले जनाएको छ ।


यस्तै,मोरङको लेटाङमा ५०, विराटनगरमा २०, पथरीशनिश्चरेमा १६, केराबारीमा १३, बेलबारीमा ५, सुनबर्षी, बुढीगंगा, उर्लाबारीमा १–१ जना छन् । यता, सुनसरीको धरानमा २६, इटहरीमा १३, इनरुवामा २ र बराहक्षेत्रमा १ जना छन् । झापाको दमकमा १५, भद्रपुरमा १०, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३–३, कमल गाउँपालिकामा २ र शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको छ ।


यसअवधीमा ६ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय ७ महिला र ३ सय ३८ पुरुष रहेका छन् । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामजिक मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button