
धरान,koshipost.com
धरानमा शुक्रबार देखि गर्ने भनिएको कडा लकडाउन फिर्ता भएको छ । धरानका व्यापारी व्यवसायीहरुले चर्को विरोधपछि गरेपछि लकडाउन किडा गर्ने भनिएको लकडाउन फिर्ता गरिएको हो । धरानका राजनीतिक दलहरुको अनुरोधमा धरान उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको थियो । तर व्यापारी व्यवसायीहरुको चर्कोे विरोधपछि उपमहानगरपालिकाले लकडाउन फिर्ता लिन बाध्य भएको हो । लकडाउनको विरोधमा बुधबार र बिहिबार धरानमा विरोध प्रदर्शन गरिएको थियो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षतामा बिहिबार भएको सर्वपक्षिय छलफलसँगै बन्द स्थगीत गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
महाशाखा प्रमुख मेहताका अनुसार स्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिने र अहिले भईरहेको निषेधाज्ञालाई निरन्तरता दिईने बताए । आजको निर्णयसँगै यसअघि उपमहानगरपालिकाको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन नहुने भएको छ । उपमहानगरपालिकाले लकडाउनको निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने बताईएको छ ।