समाचारसमाजहेडलार्इन

८ महिनाका शिशु सहित एकै परिवारका ३ जना मानिस झुन्डिएको अवस्थामा

झापा,koshipost.com

८ महिनाकी शिशु सहित एकै परिवारका ३ जना मानिस झुण्डिएको अवस्थामा फेला परेको छ । झापाको कनकाई नगरपालिका(१ स्थित सिर्जना टोलमा एकै परिवारका ३ जना मानिस झुन्डिएको अवस्थामा फेला परेको हो । बुवा,आमा र नाबालक छोरी झुन्डिएको अवस्थामा फेला गरेका छन् ।
बुबा ३४ वर्षीय रविन विक, आमा २९ मुना विक र ८ महिनाकी छोरी रुविना विक झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक रविन विक वैदेशिक रोजगारीमा पठाउने एजेन्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

रविनले विदेश पठाउनका लागि स्थानीयसँग पैसा लिएको तर नपठाएको भन्दै केही दिन अघि प्रहरीलाई मौखिक रिपोर्ट गरेको प्रहरीले जनाएको छ । मृतक रविनलाई गत साउन ३१ गते कोरोना पोजेटिभ भएको रिपोर्ट घटनास्थलमा फेला परेको प्रहरीको भनाई छ । नाबालकको हत्यापछि बुवा आमाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button