समाचारस्थानीयहेडलार्इन

धरानको भानुचोक घण्टाघर उत्तरमा बन्यो सेन्फी सडकको

धरान,koshipost.com


सुनसरीको धरान भानुचोक घण्टाघर उत्तरमा सेल्फी सडक बनेको छ । घण्टाघर नजिकै रहेको सडकमा केही महिना अघिसम्म टेम्पो, मोटरसाइकलहरु अस्तब्यस्तरुपमा पार्किङ हुने सडक चिटिक्क बनाईएको हो । फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी स्थानीय सरकार स्थानयीयको पहलमा चिटिक्क बनाएर सेल्फी खिच्ने सडकको बनाइएको छ ।


अहिले तपाई त्यहाँ पुग्नु भयो भने त्यहाँको सौन्दर्य देखेर अचम्म पर्नुहुनेछ । स्थानीयबासी, २ नम्बर वडा कार्यालयको पहल तथा लागतमा त्यहाँ आकर्षक पार्क बनेको छ । जीर्ण भएको सडकलाई आरसिसि ढलान गरी नयाँ बनाइएको छ । घण्टाघरको वालमा धरानको इतिहास झल्काउने पुरानो तस्बिरहरु टाँगिएको छ । अहिले उक्त सडक पेटीमा भिडभाड त हुन्छ, तर सवारीसाधन र व्यापारीको होइन । आकर्षक पार्क बनेपछि त्यहाँ सुस्ताउने र सेल्फी खिच्नेहरुको भिड हुन्छ । भानु पार्क नामकरण भएको उक्त पार्क र नवनिर्मित घण्टाघर सडकको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि एवं २ नम्बर वडाका अध्यक्ष माधव गोविन्द श्रेष्ठ र बिशेष अतिथि एवं धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले रिबन काटेर उद्घाटन गरेका थिए । भानुपार्क एवं घण्टाघर सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश राईका अनुसार कुल २० लाख ७९ हजार ५ सय ५ रुपैया लागतमा पार्क तथा सडक निर्माण भएको छ । उक्त रकममध्ये १० लाख ८१ हजार ५ सय ५ रुपैया उपभोक्ताहरुबाट लगानी गरिएको छ ।


स्थानीयबासीले चाहेमा समाज र ठाउँलाई परिवर्तन गर्न सकिने उदाहरण प्रस्तुत भएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए । सबैको साथ सहयोगले सेल्फी रोड बनेको भन्दै अब संरक्षण गर्न पनि सबैले चासो दिन प्रशासकीय अधिकृत खतिवडाले आग्रह गरे । निवार्चित भएर आएपछि सडक निर्माण, पार्क निर्माणमा केन्द्रीत भएर धरानको मुख्य बजार क्षेत्रको सौन्र्दयीकरण गर्न लागेको २ नम्बर वडाअध्यक्ष माधवगोविन्द श्रेष्ठलले बताए । उनले भानुचोक क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउन लागिपर्ने पनि बताए ।


उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरुको सहभागीता रहेको थियो । उदुुघाटन कार्यक्रमको समापनमा बोल्दै बोल्दै उपभोक्ता समितिका अध्यक्ष राईले सहयोगीहरुलाई धन्यवाद दिए ।

ima
Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button