समाचारसमाजहेडलार्इन

पाहँुना खान गएको लिम्बु वेपत्ता,छोरीहरु बुबाको खोजीमा

[mashshare]

राजारानी,koshipost.com


आफन्तकोमा पाहँुना खान गएको लिम्बु केही दिन यता वेपत्ता भएका छन्् । धनकुटा चौबिसे गाउँपालिका राजारानी ६ स्थायी घर भएका जित बहादुर लिम्बु यही भदौ ५ गते देखि सम्पर्क बिहिन भएका ह्ुन् । उनको छोरीका अनुसार जित बहादुर हल्का मानसिक सन्तुलन गुमाएको बुझिएको छ । लिम्बु यही भदौं ४ गते राजारानीबाट मोरङको भाउन्नेमा रहेको बहिनीको घरमा पाहुँना लाग्न गएको उनको छोरी अन्जु लिम्बुले कोशीपोष्ट डटकम संगको कुराकानीमा जानकारी दिइन् ।


‘हाम्रो बुबाले गाउँघरमा बनाएको जाँड रक्सी बढी नै खानु हुन्थ्यो । यो भन्दा अगाडी पनि पिएको बेला कहिलेकाही हराउनु हुन्थ्यो तर केही दिनपछि घर फर्कनु हुन्थ्यो तर यस पटक फर्कनु भएको छैन । भाउन्नेमा भएको फुफुकोमा जान्छु भनी घरबाट हिडुनु भएको थियो । भाउन्नेमा पुग्नु भएको थियो रे त्यसपछि त्यहाँ खाना खाएर सुत्नु पनि भएको रहेछ गएको भोली पल्ट बिहान ५ बजे नै निस्केर हिड्नु भएको रहेछ । खै कहाँ जानु भयो ? फुफुले हामीलाई बुबा हराएको जानकारी गराएपछि हामीले आफन्त र चिनेजानेको सबैलाई सोधखोज गर्न थाल्यौं कही कतै छैन भन्ने खबर पाएपछि हामीले ईलाका प्रहरी कार्यालय राजारानीमा सुचना समेत दिएका छौं’ अन्जुले भनिन् ।


छोराछोरी र आफन्तले अहिले जित बहादुरलाई खोजी रहेका छन् । आफन्त र छोराछोरीले खोजी कार्य तिब्र बनाएता पनि अहिले सम्म जित बहादुर पत्ता लागेका छैनन् । यती दिन सम्म भाई कहाँ गयो होला कतै जंगली जनवारले पो खायो कि भनेर जित बहादुरको दिदी नन्द कुमारी लिम्बु चिन्ता व्यक्त गर्छिन् । ‘मेरो भाई कहाँ गयो होला ? कतै मानसिक सन्तुलन गुमाएर जंगलमा पुगेको बेला बाँघले पो खायो कि ? मलाई त डर पो लाग्छ । हामीले सबैतिर खोजीरहेकाछौं कही कसैले भेटियो भन्दैन कहाँ भेटिला ? मिडियामा दिदा छिट्टो भेटिन्छ कि भनेर तपाईहरुलाई बोलाएका हौंं’ नन्द कुमारीले भाई हराएको पिर कोशीपोष्ट डटकम संगको कुराकानीमा बताईन् ।


जित बहादुर सिमा काट्यो कि भनेर सिमना सम्म आफन्तहरुले खोजी गरेको उनको भान्जी यरुसा लिम्बुले बताईन् । ‘मामा खै कहाँ जानु भयो ? हराएको निकै दिन भईसक्यो आमाले भाई हरायो भनेर पिर गर्नु हुन्छ हामी सबैले खोजीरहेका छौं अहिले सम्म केही पत्ता लागेको छैन, केही गुरुपले जंगलमा खोजीरहेका छन् भने केही गुरुपले बजार र सिमना सम्म पुगेर खोजीरहेका छन् । आमा भाई हरायो भन्दै चिन्ता लिनु हुन्छ । प्रहरीमा पनि हुलिया खुलाएर सुचना दिएकाछौं हाम्रो मामाले अलिक मानसिक सन्तुलन गुुमाउनु भएको थियो त्यही बिरामले भेटेको बेला हिड्नु भयो कि के भयो हामी आफन्त परिवार सबै चिन्तामा छौं । मिडियाले पनि खोज्न सहयोग गर्नु पर्यो’ यरुसाले अनुरोध गदै कोशीपोष्ट डटकम संगको कुराकारीमा भनिन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button