समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा ४८३ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

[mashshare]


विराटनगर,koshipost.c.m

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ७ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा सुनसरीमा १ सय २० मोरङमा ७५, झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा ४–४, संखुवासभामा २, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ९३, धरानमा १९, बराहक्षेत्रमा ३, रामधुनीमा २, दुहवी, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको विराटनगरमा ३८, बेलबारीमा १८, केराबारी र सुन्दरहरैचामा ५–५, लेटाङमा ३, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, बुढीगंगा र कटहरीमा १–१ जनामा पनि संक्रमण देखिएको छ । झापाको दमक र भद्रपुरमा ९–९, गौरादहमा ७, मेचीनगरमा ४, हल्दिबारी र विर्तामोडमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा २–२, बुद्धशान्तिमा १, पाँचथरको फिदिममा २० र हिलिहाङमा १ जनामा संक्रमण देखिएको छ ।

यस्तै, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको चौदण्डीगढीमा ३, बेलकामा १, संखुवासभाको चैनपुर र खाँदबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


यसै समय अवधिमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button