राजनीतिसमाचारहेडलार्इन

कांग्रेसका प्रदेश स्तरीय जिल्ला सचिवहरुको भेला सम्पन्न,कांग्रेस नेतुत्वमा प्रदेश १ मा सरकार बनाउनु पर्ने निष्कर्ष सहित १३ बँुदे घोषणपत्र


धनकुटा,koshipost.com


धनकुटाको भेडेटारमा प्रदेश स्तरीय नेपाली कांग्रेस जिल्ला सचिवबहरुको भेला कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ का कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय भेला आगामी महाधिवेशनमा वडा तह देखी केन्द्रीय तह सम्म सर्वसम्वत नेतृत्व चयन गरी एकताको सन्देश दिन नेतृत्व तहसंग माग गर्दै १३ बुदे भेडेटार घोषणा पत्र भेडेटारमा बसेको भेलाले आज जारी गरेको हो । मोरङको जिल्ला सचिव नागेस कोईरालाको संयोजकत्वमा भेला कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ स्तरीय भेलामा सहभागीता भएका जिल्ला सचिवहरुलाई धनकुटा जिल्लाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वागत गरेका थिए ।


कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय भेलाको औचित्यमाथि तेह्थुमका जिल्ला सचिव सन्तोष सुब्बा,संखुवासभाका जिल्ला सचिव डम्वर वस्नेत,भोजपुरका जिल्ला सचिव कैशाल कुमार आले मगरले प्रकाश पार्दै जिल्ला सचिवहरुको अनुभव आदन प्रदान गरेका थिए । भेलाले सहकार्य तथा सहयोगको प्रारम्भ भएको बताएका थिए ।


भेडेटारमा भएको सचिवहरुको प्रदेश स्तरीय भेलाले १ नम्बर प्रदेशमा पनि कांग्रेस नेतृत्वमा सरकार बनाउन शीर्ष नेतृत्वमा अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, उक्त भेलाले क्रियाशिल सदस्यमा भएको विवादहरुलाई पाटीको तल्लोे तहबाट सिफारिश भई आएको आधारलाई मानेर विवाद समाधान गर्न र १४ औं महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न पनि माग गरेको छ ।


त्यस्तै, पहाडी जिल्लाहरुमा राज्यको सुगम पहुँच र विकास गर्न भौगालिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा प्रतिनिधि सभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन पनि भेलाले माग गरेको छ । यस्तै, जनताको स्वास्थ्यप्रति संवेदनशीन र जिम्मेवार भई प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गर्न पनि भेलाले माग गरेको छ भने नजिकिंदै आएको चाडपर्वहरुमा हुने कृत्रिम अभाव, कालोबजारी, महंगी आदिलाई नियन्त्रण गर्न र प्रभावकारी अनुगमन गर्न, देशमा व्यप्त भ्रष्टचार र अनियमिततालाई पुर्ण नियन्त्रण गर्न भ्रष्टचारमा शुन्य सहनशीलताको नीति लिएर कडा कारबाही गरी सुशासन कायम गराउन पनि माग गरेको छ ।


कांग्रेका जिल्ला सचिवहरु वीच आपसी सम्बन्ध, सद्भाव, एकता र सहकार्यलाई दिगो बनाउंदै आसन्न १४औं महाधिवेशनमा एक आपसमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको संखुवासभाका जिल्ला सचिव निर्मला तामाङ्ग वस्नेतले बताईन् ।


प्रदेश १ का विभिन्न जिल्लाबाट सहभागीता रहेको कांगे्रसका जिल्ला सचिवहरुको भेला २ दिन सम्म चलेको धनकुटा जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए । पूर्वको पर्यटकिय स्थल भेडेटारमा सम्पन्न भएको भेला अत्यन्तै सान्र्दभिक र महत्वपूर्ण भएको साथै सवैमा नयाँ उत्साह र जागर पैदा भएको सचिव राईले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button