
धरान,koshipost.com
नजमुक्ति पार्टीको छैटौ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनमा सत्ताको लागि नभई राज्य व्यावस्थाको लागि ३० वर्ष देखि पार्टी लडिरहेको चर्चा भएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीको संस्थापक अध्यक्ष एवं मालवरसिंह थापाले राष्ट्रिय जनमुक्ति पार्टीले मुलुकको राजनितिमा सत्ताको लागी नभै राज्य व्यवस्था परिवर्तन गर्नको लागी ३० वर्ष देखी आन्दोलन गर्दै आएको दावी गरेका छन् ।
पार्टीको छैर्टौ राष्ट्रिय महाधिवेशनको उद्धघाटन सत्रलाई लिम्वुवानको ऐहिासिक भूमी धरानमा शनिबार सम्वोधन गर्दै यस्तो दावी गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका थापाले सत्ताको लडाँईले सुःखसयल र मोजमस्ती खोज्ने वताउँदै उनले राष्ट्रिय जनमुक्ति पार्टी त्यसो नभै यो मुलुकमा वहुल राष्ट्रिय समाजवाद स्थापना गरेर राज्य व्यवस्थामा परिवर्तन ल्याउने तर्फ निरन्तर अघि वढेको वताए । संस्थापक अध्यक्ष थापाले जनमुक्ति पार्टीको नीति, विचार र सिद्धान्तलाई स्थापित गर्नको लागी वर्षौ देखी वहुजातिय लोकतान्त्रिक समाजवादलाई पार्टी भित्र अभ्यास गर्दै आएको वताए ।
यस्तै, पार्टीका अर्का संस्थापक नेता रामवहादुर तुम्वाहाम्फेले वर्तमान सरकारले एमसिसि जस्तो घातक परियोजना भित्र्याउन लागेको भन्दै राष्ट्रिय जनमुक्ति यो राष्ट्रिय मुद्धामा गम्भिर हुनु पर्नेमा जोड दिए । उनले एमसिसि विरुद्ध राष्ट्रिय जनमुीक्त पार्टीले देशव्यापी रुपमा विरोधसभा आयोजना गरेर नेपाली जनतालाई समेत वनाउनु पर्नेमा जोड दिए ।
पार्टीका संघिय अध्यक्ष केपी पालुङ्गवाको अध्यक्षतमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशन उद्धघाटन सत्रमा पार्टीका उपाध्यक्ष कमला थापा, रविन्द्र उच्च नेपाली, केन्द्रिय सचिव मनीराम चौलागाँई, सामाजिक लोकतान्त्रक पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नु भएका नेता मान वहादुर राई, माओवादीबाट प्रवेश गर्नु भएका मजित अलि, संघिय लिम्वुवान मञ्चका केन्द्रिय सचिव हालै पार्टी प्रवेश गर्नु भएका गजेन्द्र आङ्गवो, हङ्गकङ्ग जनमुक्ति मञ्चका प्रतिनिधि आईन्बा राई, अमेरिकाका प्रतिनिधि विनोद पोमु, कत्तार प्रतिनिधि मन थापा, जनवर्गिय संगठनह?को तर्फबाट राष्ट्रिय भुतपुर्व सैनिक संगठनका अध्यक्ष भिम राना, एकल जातिय संगसंगठनह?को तर्फबाट नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङ लगायतले उद्धघाटन सत्रलाई सम्वोधन गरेका थिए । तिन दिनसम्म संचालन हुने छैटौं महाधिवेशनमा देशभरका ४ सय ५० भन्दा वढी प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका थिए ।
आईतवार देखी शुरु हुने वन्द सत्रमा पार्टी अध्यक्ष केपी पालुङ्गवाद्धारा प्रश्तुत् हुने राजनितिक प्रतिवेदन र पार्टी महासचिव केशव सुर्यवंशीद्धारा प्रश्तुत् हुने सांगठानिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने पार्टीका संघिय सचिव पदम जवेगुले वताएका छन् । उद्धघाटन सत्रको संचालन पार्टी नेता संघिय सदस्य विष्णु थाम्देनले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मोहन धिमालले गरेको थिए ।


