समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा ३९० जना कोरोना संक्रमित थपिए, ३२८ जना संक्रमित निको भए

विराटनगर,koshipos.comm


१ नम्बर प्रदेशमा पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२, झापामा १०१, सुनसरीमा ६१, इलाममा ८, ताप्लेजुङ, धनकुटा र उदयपुरमा २–२, पाँचथर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ ।


सुनसरीको इटहरीमा ४३, धरानमा ९, इनरुवामा ३, हरिनगर, बर्जु, रामधुनी, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जना छन् भने इलामको इलाम नगरपालिकामा ३, मांसेबुङमा २, चुलाचुली, देउमाई र रोङमा १–१, ताप्लेजुङमा २, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र चौदण्डीगढीमा १–१, पाँचथरमा १, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


यस्तै, मोरङको विराटनगरमा ४४, लेटाङमा १६, पथरीशनिश्चरेमा १५, बेलबारीमा ९, उर्लाबारीमा ५, केराबारीमा ३, धनपालथान, कटहरी र रंगेलीमा २–२, बुढीगंगा, सुन्दरहरैचा, कानेपोखरी र ग्रामथानमा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने झापाको विर्तामोडमा २३, कनकाईमा १७, भद्रपुरमा १४, अर्जुनधारामा ११, शिवसताक्षीमा ९, दमकमा ७, मेचीनगरमा ६, हल्दिबारी, बाहृदशी र कमल गाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, गौरादह र झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा यही अवधीमा ३२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १५९ पुरुष रहेका छन् । यही समयमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button