समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ जंगली हात्तीको आक्रमणमा परी बराहक्षेत्रकी ६५ वर्षीया वृद्धाको मृत्यु

बहाक्षेत्र,koshipost.com


जंगली हात्तीको आक्रमणमा परी बराहक्षेत्रकी ६५ वर्षीया बृद्धाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलमा जंगली हात्तीको आकामणमा परी १ जना वृद्धाको मृत्यु भएको हो ।


स्थानीय ६५ वर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई हिजो दिउँसो २ बजे स्थानीय रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो ।


कोशी बन्यजन्तु आरक्षणबाट आएको जंगली हात्तीले वृद्धालाई शरिरको बिभिन्न भागमा कुल्चिएर घाईते बनाएर हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानीयले घरतर्फ ल्याउने क्रममा बाटोमा मृत्यु प्रहरीले जनाएको छ । उक्त घटनबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको बताईएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button