
धरान,koshipost.com
सुनसरीको धरानमा बिल भरपाई बिनाको सुन र नगद सहित पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धरान–२ बाट स्रोत नखुलेको र बिल भरपाइबिनाको सुन र नगदसहित पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धरान–१५ सगरमाथा लाइनका ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
बिहीबार दिनको साढे ३ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिल भरपाइबिनाको ५ वटा सुनको चुरा ९२८५।३२० ग्राम० र नगद रु १८ लाखसहित पक्राउ गरेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
