
काठमाण्डौं,koshipospost.com
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । आज आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी समेत खुवाइने भएको हो ।
सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधी खुवाउन अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दशै परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।
