समाचारसमाजहेडलार्इन

फरार प्रतिवादी धरान (३ की महिला कारागार चलान


धरान,koshipost.com

फरार प्रतिवादी धरान उपमहानगरपालिका ३ बस्ने ३८ वर्षीया रानीकुमारी साहलाई प्रहरीले पक्राउ गरेको छ । साहलाई सोमबार पक्राउ गरी जिल्ला अदालत सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ । उनलाई बैकिङ कसुर मुद्दामा मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ महिना कैद तथा ५ लाख जरिवाना तोकिएको थियो ।


लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकी साहलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button