
खोटाङ,koshipost.com
खोटाङमा ५ जना जुुवाडे पक्राउ परेका छन् । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौकस्थित हरि जोशीको घरबाट तास, नगदसहित ५ जना जुवाडे पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका ५ का २७ वर्षीय हिराधन राई, साकेला गाउँपालिका २ का २२ वर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ वर्षीय वसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ वर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ वर्षीय खोमबहादुर मगर रहेका छन् ।
मंगलबार बिहानको राति १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास, नगद रु ७१ हजार २० रुपैयाँसहित पक्राउ गरिएको हो । पक्राउ परेका पाँचैजनालाई कानुन बमोजिम कारवाही तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
