राजनीतिसमाचारहेडलार्इन

धरानमा हर्कजङ्ग एभेङको अध्यक्षतामा एमाले धरान संस्थापन पक्षको ८५ सदस्यीय कमिटी चयन

धरान,koshipost.com


सुनसरीको धरानमा नेकपा एमाले धरान उपमहानगर कमिटी संस्थापन पक्षको अधिवेशनबाट हर्कजङ्ग हर्कजङ्गको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो । नगर अधिवेशनको बुधबार राती सम्पन्न बन्द सत्रले एभेङ्को अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । एभेङ यसअघि पनि एमाले धरानको अध्यक्ष थिए ।


बन्द सत्रले उपाध्यक्षमा सविता राई, सचिवमा सुदेश चापागाईलाई पनि सर्वसम्मत चयन गरेको छ भने सहसचिवद्धयमा जोन राई र सुमन लिम्बु चयन भएका छन् । त्यस्तै, कमिटीमा वडागत(भुगोल), महिला, दलित, खुला, युवा–विद्यार्थी र मुश्लिम कोटाबाट पनि सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।


नवनिवार्चित कमिटीलाई बन्द सत्रको अध्यक्ष मण्डलका सदस्य मुरारी सुवेदीले पद तथा गोपनियताको सपथ खुवाएका थिए भने अध्यक्ष मण्डलका अध्यक्ष मोतिराज सुनुवारले बधाई ज्ञापन गरेका थिए । नवनिवार्चित अध्यक्ष एभेङले प्रतिवद्धता व्यक्त गर्दै पाटीलार्ई एकढिक्का बनाएर अघि बढाउने बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button