समाचारसमाजहेडलार्इन

मोटरसाईकल र स्कुटी दुघट्नामा दुई जनाको मृत्यु


विराटनगर,ksohipos,com


लहरीले स्कुटीलाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा लहरीको ठक्करले सुन्दरहरैंचा(४ का ४५ वर्षीय श्यामकुमार लिङ्खाको मृत्यु भएको हो । शनिबार साँझ करिब ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ गइरहेको बिआर ५० जिए ०३०६ नं को मालवाहक लहरीले पश्चिमबाट पूर्व आउँदै गरेको को ३६ प २१७२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भई लिङ्खाको मृत्यु भएको प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।


गम्भीर घाइते भएका लिङ्खाको धरानस्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो । ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ । यस्तै, झापाको अर्जुनधारा नगरपालिका ११ सालबारीस्थित चारआली शनिश्चरे सडक खण्डमा कालीखोलाको कल्भटमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका १८ वर्षीय कुसल दास रहेका छन् । राति साढे ९ बजे पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भटमा ठोक्किएर खोलामा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाएलगत्तै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटी गई पानीमा डुबेर बेहोस भएका दासलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पुरयाउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button