समाचारस्थानीयहेडलार्इन

प्रदेश १ धरानका मेयर तिलक राईद्वारा पत्रकार महासङ्घ सुनसरीला

धरान,koshipost.com


धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नेपाल पत्रकार महासङ्घ सुनसरीको भवनमा थप कामको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको सञ्चारकर्मीहरुसँगको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा मेयर राईले यस्तो घोषणा गरेका हुन् । मेयर राईले दशै, तिहार, छठ पर्वको शुभकामना दिँदै चाड पर्वको अवसरमा सञ्चाकर्मीहरुसँग भेटघाट गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए ।

श्रमजीवी पत्रकारहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी र सञ्चार संस्थाहरूलाई सहयोग गर्ने विषयमा तिहारपछि छलफल गर्ने मेयर राईको भनाई थियो । मेयर राईले कार्यक्रममा उपमहानगरपालिकाले गरेका गतिविधिहरू उपमहानगरपालिकाको वेबसाइटमा अपडेटिङ गर्न पनि सूचना शाखालाई निर्देशन दिए । धरान उपमहानगरपालिकाले पहिलो पटक चाड पर्वमा सञ्चारकर्मीसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेको हो । यसअघि धरान उपमहानगरपालिकामा यस्तो परम्परा थिएन ।


कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष सन्तोष काफ्ले, र डव्लु डव्लु जे सुनसरीका अध्यक्ष मनिता चाम्लिङ लगायत पत्रकारहरूले धन्यवाद प्रकट गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button