समाचारसमाजहेडलार्इन

अस्पतालमा आमा छोरा बन्धक ( भिडियो सहित)

विराटनगर,koshipost.com


अस्पतालमा नाबालक बच्चा सहित महिला बन्धक बनेका छन् । विराटनगरमा रहेको माक्स ईन्टरनेशल हस्पिटलले ११ दिनमा उपचारको बढी बिल निकाल्दा उपचार खर्च तिर्न नसक्दा नाबालक बच्चा सहित महिला बन्धक बनेको हो । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरले आमा छोरालाई २० दिन देखि बन्धक बनाईरहेका छन् ।


१ महिनाको बच्चालाई ११ दिन उपचार गराएको उपचार खर्च अस्पतालले २ लाख ४० हजार ६ सय ८५ माग गरेको छ । तेह्थुम स्थायी घर भई धनकुटामा डेरा गरी बस्दै आएकी अस्मिता बराइली (लिम्बु) र उनका छोरा लक्ष्मण लिम्बु हस्पिटलमा बन्धक बनेका छन् । आफ्नो छोरा र श्रीमतिलाई अस्पतालबाट निकाल्नका लागि अस्पताललाई तिर्ने आफु सँग पैसा नभएको भन्दै अस्मिताको श्रीमान् गणेश लिम्बुले सहयोग गरी दिनु भन्दै अहिले धरानमा हारगुहार माग्दै सबैलाई अनुरोध गरीरहेका छन् ।


निमोनिया भएपछि अस्पताल भर्ना गरिएको १ महिनाको बच्चा लक्ष्मण लिम्बुलाई असोज १९ गतेदेखि ३१ गतेसम्म म्याक्स हस्पिटलमा उपचार गराईएको प्रबन्धक निर्देशक हेम नारायण मेहताले जानकारी दिएका छन् । उपचार पश्चात बच्चा पूर्ण रुपमा स्वस्थ भएपनि हस्पिटलमा तिर्नुपर्ने रकम बुझाउन नसकेका कारण बच्चा र आमा दुवैलाई अस्पतालमा राखेको निर्देशक मेहताको भनाई छ ।


हस्पिटलका निर्देशक मेहताले भने, ‘शुरुमा बच्चाको उपचारका लागि ध्यान दियौं, बच्चा निको भयो । त्यसपछि डिस्चार्ज दिने बेलामा पैसा बुझाउनु भन्दा विरामीको आफन्तले समय माग गर्नुभयो, अहिले पैसा जुटाउन नसक्ने र आर्थिक श्रोत नभएको भन्दै निवेदन परेको छ । हामीले निशुल्क उपचार गर्न सक्ने अवस्था छैन, केही रकम सम्म छुट गर्न सकिन्छ तर पैसा नबुझाउन्जेल आमाछोरा दुवैलाई हस्पिटलबाट बाहिर जान दिनेछैनौं ।’


‘मेरो कोही पनि छैन म सानै हुँदा आमा बुबा गुमाए सानै उमेर देखि अरुको घरमा गोठाला खेताला गरेर जिविकोपार्जन गदै आए पछि विवाह गरे बच्चा भयो सानो बच्चालाई उपचार गराउन विराटनगर ल्याए हस्पिटलले के कति पैसा लाग्छ केही भनेन् ११ दिन उपचार गराएपछि मैले सोचेको भन्दा बढीको बिल आयो म सँग जम्मा ५ हजार थियो । बिहान बेलुका के खाऊ भन्ने मान्छेले कसरी त्यति धेरै पैसा तिर्न सक्नु ? आफ्न्त कोही छैन अब म के गरौं श्रीमती र छोरा हस्पिटलमा बन्ध्क छन् पैसा कसैले दिदैन , मलाई सहयोग गरीदिनुहोस जे जति सक्नु हुन्छ सकेको सहयोग गरीदिनुहोस् ’ लिम्बुले सहयोगको यचना गरे

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button