समाचारसमाजस्थानीयहेडलार्इन

धरानमा श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु,श्रीमान् पक्राउ


धरान,kohipost.com

सुनसरीको धरानमा श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको हो ।


गएको बिहिबार कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । घाइतेलाई केहीदिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी उपरिक्षक (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिए ।


घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ‘खासमा उनीहरुबीच घरायसी झगडा भएको पाइयो’, डिएसपी कुँवरले थपे, ‘अहिले पनि अनुसन्धानकै प्रक्रियामा छौं, उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ, के कारण हो खुलिहाल्छ ।’ (डिएसपी) कुँवरले भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button