समाचारहेडलार्इन

आज छठ पर्व अस्ताउँदो सूर्यलाई पुजा अर्घ दिइ मनाईदै


धरान, koshipost.com

छठ पर्व ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पुजा अर्घ दिइ मनाउछन् । सूर्यदेवको उपसाना, आराधाना र पूजा गरी मनाइने छठ पर्वको आज मुख्य दिन मानिन्छ । साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पूजा अर्घ दिइ मनाउने गरेका छन् ।


भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने चलन छ । आज छठ पर्वको मुख्य दिन भएकोले आज सरकारले सार्वजनिक विदा पनि दिएको छ । सूर्यलाई अर्घ दिनको लागि पोखरी, नदीहरुलाई हिजोदेखि नै सजाइएको छ । परिवार एवं सन्तानको सुख, समृद्धिको कामना गर्दै छठ पर्व मनाइन्छ । भोली उदाउदो सूर्यलाई अर्घ दिएपछि चार दिनको छठ विधिवत समापन गरिन्छ ।


अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपबास बस्ने गर्दछन्। अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा पनि मानिन्छ । सुनसरीको धरानमा सेउती र सर्दु खोलामा छठ पूजाको लागि तयारी गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button