राजनीतिसमाचारहेडलार्इन

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिदै

[mashshare]

विराटनगर,koshipost.com


प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले (मंगलबार) आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको १ महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आज प्रदेशसभा बैठक बोलाइएको छ । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए । पाँच दलको ठुलो गठबन्धन भएकाले मन्त्रीको विषय अझै टुङ्गो लागिसकेको छैन । विश्वासको मत लिएकै दिन मन्त्रीमण्डल बिस्तार गर्ने राईको तयारी छ । हाल कायम मन्त्रालय फुटाएर मन्त्रीपरिषद् बिस्तार गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने सहमति भइसकेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा कुन फुटाउने भन्ने विषय सहमतिको प्रक्रियामा रहेको भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले बताए । उनका अनुसार सामाजिक, उद्योग पर्यटन वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन हुनेछ ।

प्रदेशमा कांग्रेसले चार, माओवादी केन्द्रले तीन, नेकपा एसले दुई मन्त्रालय दाबी गरिरहेका छन् । आकाङ्क्षी बढी भएका कारण मन्त्रिपरिषद् सदस्यको सङ्ख्या बढीमा १४ र्पुयाउने सत्ता पक्षको तयारी छ । प्रदेशसभा नियमावली २०७५ अनुसार विश्वासको मत लिने ४८ घण्टा अगाडि प्रदेशसभा सचिवालयमा सूचना दिनु पर्ने प्रावधान छ । सोही प्रावधानको आधारमा आइतबार नै राईले सचिवालयमा जानकारी सहितको प्रस्ताव दर्ता गराई सकेका छन् ।

मन्त्री टुङ्गाउन सत्तारुढ दलभित्र किचलो चलिरहँदा मुख्यमन्त्री राईले भने विश्वासको मत लिने हतारो गरेका छन् । मन्त्रिमण्डल बिस्तार गरेर विश्वासको मत लिँदा असन्तुष्टि आउने सम्भावना रहेकाले विश्वासको मत लिई हाल्ने गरी राईले प्रक्रिया सुरु गरेका हुन् । मुख्यमन्त्री राईले नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटीको बैठकमा मन्त्री छनोटमा समस्या रहेको बताएका थिए । मन्त्री नपाउने सांसदहरूले विश्वासको मत लिँदा फ्लोर क्रस गर्ने सम्भावना समेत देखेपछि राईले सुरुमै विश्वासको मत लिने तयारी गरेका हुन् ।

सत्ता पक्षीय गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद छन्। प्रदेश १ को प्रतिपक्षमा एमालेका ४० र राप्रपाका एक जना गरी ४१ सांसद प्रतिपक्षमा रहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button