समाचारसमाजहेडलार्इन

बन्द उल्लंघन गरेको भन्दै भारतीय कारमा ढुंगा हान्ने २ जना विप्लव कार्यकर्ता पक्राउ


धरान,koshipost.com


सुनसरीको धरानमा बन्द उल्लंघन गरेर गाडी चलाएको भन्दै भारतीय गाडीमा ढुंगा प्रहार गरि शिशा फुटाइदिएको आरोपमा २ जना नेत्रबिक्रम चन्द विप्लवका कार्यकर्ताहरु पक्राउ परेका छन् ।


धरान ८ स्थित साम्पाङ चोक भित्रि सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । धरानको मठमन्दिर दर्शन गरेर भित्रि सडक हुदै इटहरीतर्फ फर्किरहेको भारतीय गाडी (कार)मा २ जनाले ढुंगा प्रहार गरेका थिए । घटनालगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन । प्रहरी निरीक्षक हेमराज ओलीले भने, ‘एउटा भारतीय गाडीको शिशा फुटाइदिएको आरोपमा २ जना पक्राउ परेका छन् । उनीहरु विप्लव कार्यकर्ता हुन् कि होइनन् भनेर अनुसन्धान गर्दैछौं ।’ भारतीय गाडी भने आवश्यक प्रक्रिया पुरा गरेर फर्किसकेको पनि उनले बताए ।

त्यस्तै, इटहरीबाट पनि २० जना विप्लवका कार्यकर्ताहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीका अनुसार इटहरीमा जर्बजस्ती पसल बन्द गराउदै हिडेकाहरु पक्राउ परेका हुन् । ‘धरानमा भारतीय कारमा ढुंगा हान्ने २ जना र इटहरीमा जर्बजस्ती पसल बन्द गराउदै हिडेका २० जना पक्राउ परेका छन्,’डिएसपी कार्कीले भने ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले आज नेपाल बन्दको आह्वान गरेको थियो । पेट्रोलियम पदार्थमा अस्वभाविक मृल्य वृद्धि गरेको, राज्यको सबै क्षेत्रमा व्यापक भ्रष्टचार भएको लगायतका विरोधमा उक्त पाटीले आज बन्द आह्वान गरेको हो । बन्दको कारण धरान लगायत देशभरमा यातायात, बजार र सवारी आवतजावतमा प्रभाव परेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button