समाचारस्वास्थ्यहेडलार्इन

धरानमा बिहिबार र शुक्रबार भेरोसेल खोपको दोस्रो मात्रा लगाइदै

[mashshare]

धरान,koshipost.com


सुनसरीको धरानमा बिहिबार र श्ुक्रबार भेरोसल खोपको दोस्रो मात्रा लगाइदै छ । कोरोना विरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाईसकेकाहरुलाई (आज) बिहिबार र भोली शुक्रबार धरानमा दोस्रो मात्रा लगाईने भएको हो । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले बुधबार एक सुचना जारी गर्दै बिहिबार र शुक्रबार धरानका २० वटै वडामा भेरोसेल खोप लगाउने जानकारी दिएको छ ।
महाशाखाका अनुसार २० वटै वडामा रहेको खोप केन्द्रमा चाईनिज भेरोसेल खोपको दोस्रो मात्रा लगाउने तयारी भएको छ ।

पहिलो दिन बिहीबार वडा नं. १ देखि १० सम्मको खोप केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । यस्तै, दोस्रो दिन शुक्रबार वडा नं. ११ देखि २० सम्मको खोप केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

पहिलो दिन बिहिबार वडा नं। १ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. २ सिंहदेवि मन्दिर, वडा नं. ३ भानु स्मृति मावि, वडा नं. ४ पुरानो वडा कार्यालय, वडा नं. ५ पाँचकन्या स्वास्थ्य चौकी, वडा वडा नं. ६ आधारभुत स्वास्थ्य केन्द्र पानवारी, वडा वडा नं. ७ र वडा वडा नं. ९ समिट स्कुल, वडा वडा नं. ८ वडा कार्यालय कविर टोल र वडा वडा नं.१० को सैनिक भवनमा भेरोसेल खोप भएको हो ।


यस्तै, शुक्रबार मङ्सिर ३ गते वडा वडा नं.११ आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा वडा नं.१२ पब्लिक मा. वि., वडा वडा नं.१३ आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा वडा नं.१४ दन्तकाली मावि विजयपुर, वडा वडा नं.१५ पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, वडा वडा नं.१६ बालिका स्कुल, वडा वडा नं.१७ पञ्चकन्या मावि रेल्वे, वडा वडा नं.१८ वडा कार्यालय देविथान लाईन, वडा वडा नं.१९ वडा कार्यालय, वडा वडा नं. २० विष्णुपादुका स्वास्थ्य चौकीमा खोप लगाईने स्वास्थ्य महाशाखाले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button