समाचारसमाजहेडलार्इन

प्रदेश १ लागूऔषधसहित धरानका दुई युवा पक्राऊ

[mashshare]


धरान,koshipost.com

लागुऔषध सहित धरानका २ जना युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वार्ड नम्बर १५ का २६ वर्षीय मनोज पोखरेल र २८ वर्षीय कपिल गिरी लागूऔषधसहित पक्राउ परेका हुन् ।


शनिबार बेलुकी सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाइजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । उनीहरु विराटनगर महानगरपालिका १३ नहरस्थितबाट लागूऔषधसहित पक्राउ परेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button