Uncategorizedसमाचारसूचना प्रबिधिहेडलार्इन

खोटाङको एक जना युवा भरुवा बन्दुकसहित पक्राऊ


खोटाङ,koshipost.com


खोटाङको १ जना युवा भरुवा बन्दुक सहित पक्राउ परेका छन् । खोटाङ ऐँसेलुखर्क गाँउपालिका–२ बाट भरुवा बन्दुकसहित १ जना युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३० वर्षीय सञ्जय राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आईतबार अपराहन्न ३ः०० बजे विशेष सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय एँेसेलुखर्कबाट प्रहरी टोली खटी गई राईको घर खानतलासी गर्दा १ थान भरुवा बन्दुक फेला परेपछि बन्दुकसहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button