खेलकुदसमाचारहेडलार्इन

गाउँपालिका स्तरीय थापा स्मृति ट्रष्ट भलिबलमा संखुवासभा पहिलो


धनकुटा,koshipost.com

गाउँपालिका स्तरीय प्रकाश थापा सहिद प्रकाश थापा स्मृति ट्रष्ट भलिबल प्रतियोगितामा संखुवासभा पहिलो भएको छ । धनकुटाको सहिदभुमि गाउपालिकाद्धारा सञ्चालित भलिबल प्रतियोगिताको उपाधी संखुवासभा सभापोखरी गाउँपालिकाले जितेको हो । प्रतियोगिता यही मंसिर १८ गते देखि सञ्चालन भएको थियो ।


प्रथम भएका सभापोखरी गाउँपालिका नगद १ लाख सहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुनेमा भोजपुर हतुवागढी गाउपालिकाले ५५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो हुनेमा भोजपुर आमचोक गाउँपालिकाले नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।


खेल अबधि भरका उत्कृष्ट खेलाडी प्रदिप कट्टेल घोषित गरिएको छ भने उस्ले नगद ५ हजार पुरस्कार पाउन सफल भएको छ । त्यस्तै खेलका वेस्ट सरभर रोमन बस्नेत , वेष्ट डिफेन्डर जीवन राई ,वेष्टब्लकर भवानी बराकोटी ,वेष्टसेटर प्रकाश मगर र वेष्टस्पाईकर राजकुमार तामाङ भएका छन् उनीहरुले जनही नगद २,२ हजार पुरस्कार पाएका छन् ।


प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनोज राई , सहिद प्रकाश थापा स्मृति ट्रष्ट अध्यक्ष लगायतले खेलका पुरस्कार प्रदान गरेका थिए । सहिद प्रकाश थापा स्मृति ट्रष्टले गाउपालिकाका अध्यक्ष मनोज राईलाई सम्मान पत्र र खदा सहिद सम्मान गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button