समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि


विराटनगर,koshipost.com


प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको मेचीनगर र विर्तामोडमा ३–३, बुद्धशान्ति र बाहृदशीमा १–१ जना छन् भने मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १ जना छन् । पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा थप २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १२ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button