प्रदेश १ फोटो पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको समापन

ईटहरी,koshipost.com
फोटो पत्रकारीता सम्बन्धि प्रशिक्षण कार्यक्रमको समापन भएको छ । राष्ट्रिय फोटो पत्रकार समुहले पत्रकारहरुको हितमा विभिन्न तालिम तथा प्रशिक्षण सहितको फोटो पत्रकारिता सम्बन्धी संचालन गरेको १ दिने तालिमको समापन भएको हो । सुनसरीको ईटहरीमा भएको भेलाले सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारीता गरिरहेका पत्रकारहरुलाई समेटेर राष्ट्रिय फोटो पत्रकार समूहले सुनसरीमा कार्यसमिति गठन गरेको छ ।
राष्ट्रिय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा सम्पन्न उक्त भेलाले गुरु ढकाललाई सुनसरी अध्यक्षमा चयन गरेको छ । यस्तै, उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, सचिवमा अर्जुन सुवेदी, सह(सचिवमा सन्जिता धमला र कोषाध्यक्षमा बुलेट खतिवडा चयन भएका छन् । अन्य सदस्यहरूमा सुमन भट्टराई, आरबी कटवाल, संगीत सिग्देल,बिनोद आचार्य, गणेश यादव, सचिन राई, रामकुमार कटुवाल र दीपक पुरी रहेका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, प्रेस चौतारी सुनसरी अध्यक्ष शुभद्रा प्याकुरेल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरी अध्यक्ष नवीन गुरुङ (गुरुङ सोल्टी) वरिष्ठ फोटोग्राफर बिशप ताम्राकार लगायतले मन्तव्य राखेका थिए ।