
धरान,koshipost.com
दुबै मृगौला फेल भएर थला परेका धन बहादुर राई सहयोगको अपेक्षा गरीरहेका छन् । धनकुटा पाख्रिवास नगरपालिका वार्ड न. ८ स्थायी घर भएका राईले थप उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन् ।
विगत १ वर्ष यता हाल धरान उपमहानगरपालिका वार्ड नं. ६ पानबारी दाजुभाउजुको शरणमा आश्रय लिईरहेका छन् । पिडित राईको परिवारले आफू संग भएको सम्पति सकिएपछि अहिले डायलाईसिस् गर्ने पैसा समेत नभएका कारण आर्थिक सहयोग जुटाई दिन अनुरोध गरेका छन् ।
पिडित राईले घरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् । हाल सम्म उपचारमा १५ लाख भन्दा बढी खर्च भइसकेको उनको श्रीमती जय कुमारी राईले बताईन् ।हाल सम्म उपचारका लागि ११ लाख ऋण लागेको उनले सुनाईन् । ‘ श्रीमान बिरामी भएको १ वर्ष बढी भईसक्यो घरमा भएको सबै सम्पति उहाकै उचारमा सकियो मैले आफन्तलाई माग्ने र ऋण खोज्ने ठाउँ सकियो अब के गर्ने होला खै’ राईले कोशीपोष्ट डटकम संगको कुराकानीमा भनिन् ।
‘गाउँको पाखाबारी बिक्री पनि हुदैन यस बेला कमाउन कहाँ जाऊ हामी ?साथीभाईले सहयोग गर्ने जति गरीसके अब कसैले पनि सहयोग गदैनन् । अहिले सम्म ११ लाख ऋण काढेर श्रीमानको उपचार गराए, अब कोही सहयोगी मनहरुले आर्थिक सहयोग गर्नु भयो भने थप उपचार गर्न सकिन्थ्यो कि ’ जय कुमारीले भावुक हुदै दुखेसो पोखिन् ।
मृगौला पिडित राईको अवस्था एकदमै नाजुक रहेको धरान उपमहानगरपालिका ६ का वडा सदस्य गोमा खनाल (गौतमले) बताईन् । ‘ हाम्रै पानबारीमा उहाँहरु बस्नु भएको लामो समय भएको रहेछ हामी जनप्रतिनिधि हिडिरहने काम पर्छ हिजो मात्र मैले थाहाँ पाए मैले थाहाँ पाउन साथ पूर्वाञ्चल डिबिआर टिःभीका पत्रकारलाई खबर गरे उहाँको मिडियामा समाचार भिडियो बनेपछि केही सहयोगी मनहरुको सहयोग हुने गरेको थियो त्यसैले उहाँलाई बोलाएको हँु’ । जनप्रतिनिधि गौतले भनिन् ।
देश विदेशमा रहेका नेपालीहरुलाई सहयोग गरी दिन मृगौला पिडित राई दम्पतिले आग्रह गरेका छन् । मिडियामा समाचार र भिडियो आउँदा आर्थिक सहयोग संकलन हुने उनीहरुको अपेक्षा छ ।