Uncategorizedसमाचारसमाजहेडलार्इन

यात्रुबाहक बस र ट्रक एकआपसमा जुध्दा आगलागी, घटनास्थलमा ३ जनाका मृत्यु

ईटहरी, koshipost.com
यात्रुबाहक बस र ट्रक एकआपसमा जुध्दा आगोलागी भई घटनास्थलमा ३ जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको सिमानामा पर्ने पुर्वपश्चिम लोकमार्ग लौकही नजिकै विपरीत दिशाबाट आएको बस र ट्रक जुध्दा आगोलागी भई ३ जना यात्रुको मृत्यु भएको हो । घटनामा केहीको हताहत भएको प्रहरीले जनाएको छ ।


इटहरी स्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिनाले भने ३ जनाको मृत्यु भएको पुष्टि भयो । उनका अनुसार बस र ट्रकको चालकसहित ३ जना घटनास्थलमा मृत्यु भएको छ । ‘बसको चालकसहित ३ जनाको स्पट डेथ भएको छ,’उनले भने । पुर्वबाट पश्चिमतर्फ गइरहेको बस र पुर्व आइरहेको ट्रक एकआपसमा जुधेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सञ्जयसिंह थापाले बताए । बस र ट्रक जुधेपछि आगो लागेको र केही व्यक्तिको मृत्यु भएको पनि थापाले जानकारी दिए । घटनास्थलमै रहेको एसपी थापाका अनुसार बसमा च्यापिएका केही मानिसहरुको मृत्यु भएको छ ।


१ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डिएसपी तिम्सिनाका अनुसार काकडभिट्टाबातट काठमाण्डौं तर्फ जादै गरेको ना ८ ख ८४९३ नम्बरको शुभबिहानी ट्राभल्स र पुर्वतर्फ आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक लौकहीदेखि थोरै पुर्व खनिया पुलमा जुधेको हो । काकडभिट्टाबाट १४ जना यात्रु बोकेर हिडेको बसमा दुर्घटनास्थलमा पुग्दा २७ जना यात्रु भएको प्रारम्भिक जानकारी पाएको तिम्सिनाले बताए । प्रतिकुल मौषम, तीब्र गति र साघुरो पुलको कारण दुर्घटना भएको डिएसपी तिम्सिनाको भनाई छ । दुवै गाडीमा आगो लागेको र पछि दमकलले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button