
धरान / नमिता राई
सुनसरीको धरानमा हालसालै खोलिएको लुकुवा रिसोर्ट पर्यटकको गन्तव्य बन्दै गएको छ । सामजिक सञ्जाल फेसबुक,टिकटकमा फोटो भिडियो खिचेर पोष्ट गर्नेको संख्या बढेसंगै लुकुवामा आउने पर्यटकको आगमन बढेको हो ।
यस रिसोर्ट धरान ५ झोडापाटा जंगलको बिचमा रहेको छ । बच्चाहरुको खेल्ने ठाँउ सहित फोटो खिच्ने विभन्न पशुपंछीको मुर्ति बनाएका कारण जिल्ला बाहिरका पर्यटकहरु आउने गरेका छन् । सामजिक सञ्जालमा साथीहरुले फोटो लगाएको देखेका कारण झापाबाट धरान आएको बेला लुकुवा रिसोर्टमा आफन्त सहित घुम्न आएको संगिता श्रेष्ठले बताए । त्यस्तै, मोरङको बेलबारीबाट आएका भिम कुमार श्रेष्ठले लुकुवा रिसोर्ट फेमेली सहित घुम्न आउने राम्रो ठाउँ भएको बताए ।
यस रिसोर्ट धरानको भानुचोक देखि मोटरसाईकलमा पूर्व लाग्दा १० मिनेटमा पुगिन्छ । लामो समय देखि निर्माधिन अवस्थामा रहेको लुकुवा रिसोर्ट अग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन् गरिएको थियो । रिसोर्टमा आकर्षणका रुपमा प्राकृतिक झरनालाई ‘मोडिफाइ’, स्वीमिङ पुल, लाइभ फिसिङ, मयुर,उल्लु,जलपरी र भ्यागुताको समेत स्टयाचु, बनाईएको छ ।
पुरानो पाराको घर, बार्बिक्यू, ढुङ्गाले खोपिएको परी, जनावर, पंक्षीका कलाकृति, बालबालिकाका लागि मनोरञ्जनात्मक खेलका सामग्रीहरु, ओपन डिजेको सुविधा सहित रिर्सोट सञ्चालनमा ल्याईएको सञ्चालक राज कुमार लिम्बुले जानकारी दिए । शुरुमा जंगलको बिचमा रिसोर्ट बनाउँदा बनाउने भन्दा लिम्बु भाईहरु बौलाए भन्दै केही मानिसहरूले गिज्याउँथे सञ्चालक राज कुरमार लिम्बुले विगतलाई सम्झदै सुनाए । जङ्गलको बीच भाग, खोलाको छेऊमा बनेको उक्त रिसोर्ट सञ्चालनमा आउनु अघि नै पर्यकटको घुईचो लाग्न थालेको थियो ।
विदेशबाट फर्किएर केही नयाँ र फरक तरिकाले काम गरौं भन्ने हिसाबले आफूहरु लागिपरेको सञ्चालकहरु बताउँछन् । ‘बगरकोटमा लञ्ज एण्ड बार खोल्यौं’, सुमन भन्छन्, ‘त्यसपछि फरक कन्सेप्ट दिँदै फरक, नौलो स्वाद चखाउन यस्तो रिसोर्ट सञ्चालनमा ल्याएका हौं ।’ रिसोर्ट सञ्चालनमा आउनुअघिसम्म त्यहाँ पुग्ने बाटो समेत थिएन । तर अहिले उनीहरुले त्यहाँ आफ्नै लगानीमा बाटो समेत पुर्याइसकेका छन्
विदेशमा सिकेका कुराहरु नेपालमै प्रयोग गरौं र विदेशको कमाइ पनि नेपालमै लगानी गरौं भन्ने हिसाबले आफूहरु लागिपरेको संचालकहरु बताउँछन् । ‘विदेश जानु बाध्यता हो, केही सिकेर आएका कुराहरुलाई यही पोखौं’, सुमनले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए । विदेश फर्कन छाडेर विदेशमा सिकेको सिपलाई स्वदेशमै केही गर्ने लक्ष्य लिएर अघि बढ्ने युवाहरुलाई केन्द्रिय सरकार र स्थानीय सरकारले सहयोग गर्नु पर्ने रिर्सोट सञ्चालक युवाहरुको भनाई छ ।
झट्ट हेर्दा अनकन्टार जस्तो देखिने हरियाली जङ्गलको बीचमा अवस्थित छ लुकवा रिसोर्ट । आजभोली नयाँ नयाँ ठाउँमा गएर फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने ट्रेन्ड रहेको हुनाले पनि धेरै जसो मानिसहरू यहाँ आउने गरेका छन् । टिकटमा देखेर खोज्दै खोज्दै लुकुवा रिसोर्ट सम्म आईपुगेकी झापाका रिता मगरले बताईन् । ‘हामीले सामजिक सञ्जाल फेसकुब टिकटकमा देखेका थियौं त्यसपछि हामीहरु पनि यहाँ आउने भनेर साथीहरु संग सल्लाह गयौ, सबै जना मिलेर यस रिसोर्टमा आएका छौं । यहाँ आईपुग्दा रमाईलो लाग्यो साच्चै राम्रो रहेछ नानीहरु संग आउँदा उनीहरुलाई पनि खेल्ने ठाउँ रहेछ । हामी ठुला मान्छेलाई पनि फोटो खिच्ने र घुम्ने ठाउँ प्रशस्तै रहेछ राम्रो लाग्यो’ कोशीपोष्ट डककम संगको कुराकानीमा मगरले खुशी साटिन् ।
रिसोर्टमा दैनिक जसो दुई तीन सय मानिसहरु विभिन्न जिल्लाबाट आउने गरेका छन् । प्रायः सुनसरी, मोरङ, झापा,उदयपुर,धनकुटा लगायका मानिसहरु आउने गरेको संचालक राज कुमार लिम्बुले जानकारी दिए । साढे २ करोड लगानीमा संचालनमा ल्याएको रिसोटमा हाल ८ जनाले रोजगार पाएका छन् । अशोक फोम्बो, राजकुमार लिम्बु र सुमन चेम्जोङले नयाँ अवधारणामा ‘लुकुवा’ रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । राज्यले यस्ता व्यवसायीलाई न्युतम व्यजदरमा लगानी गर्ने हो भने स्वदेशमै रोजगार सिर्जना गर्ने युवाहरुलाई हौसला मिल्ने र बेरोजगार युवायुवतीहरुका लागि स्वदेशमै रोजगारको सिर्जना हुन सक्छ ।









