समाचारसूचना प्रबिधिहेडलार्इन

फागुन १ गतेदेखि कलेज र विद्यालय खुल्ने धार्मिकस्थलमा ५० जनाले पूजा गर्न पाइने (जिल्ला प्रसाशनको १८ बुँदे आदेश सहित)


ईनरुवा, koshipost.com


फागुन १ गते देखि कलेज र विद्यालय खुल्ने भएको छ । शैक्षिक संस्था खुल्ने र धार्मिक स्थलमा ५० जनाले पुजा गर्न पाउने गरी जिल्ला प्रसाशनले १८ बँुदे सुचना जारी गरेको हो ।

प्रशासनले भिडभाड हुने आमसभा, जुलुस, मेला, सम्मेलन, जात्रालगायतका भिडभाड हुने कार्यहरुमा लागईएको प्रतिबन्धलाई निरन्तरता दिएको छ । तर, कलेज र विद्यालय भने फागुन १ गतेदेखि संचालन गर्न पाईने सुचनामा उल्लेख गरिएको छ ।


१२ बर्ष पुरा भएका विद्यार्थीहरुको हकमा नियमित कक्षा सञ्चालन हुनेछ भने १२ बर्ष मुनिका विद्यार्थीहरुको हकमा भने स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापन समितिले आलोपालो वा सिफ्ट प्रणालीको व्यवस्थापन गर्नुपर्ने भनिएको छ ।


सपिंग महलहरुमा एक पटकमा ५० जना भन्दा बढी भिड दिन नहुने आदेशमा उल्लेख गरिएको छ । सुचनामा पुर्ण खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने भनिएको छ । पार्टी प्यालेसमा एक पटकमा क्षमताको ५० प्रतिशत वा बढीमा पुर्ण खोप लगाएका १०० जना नबढ्ने गरि उपस्थित हुन पाउने सुचनामा भनिएको छ ।


त्यस्तै, होटल, रेष्टुरेष्ट र क्यासिनो मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ भने फागुन १ गतेदेखि खेलकुद कार्यक्रम गर्दा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरी पुर्णखोप लगाएका दर्शक उपस्थित हुन पाउने भएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button