
विराटनगर,koshipost.com
कानून मन्त्री केदार कार्कीले बर्जुको प्रशासनिक भवनको उद्धाटन गरिएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो । सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले ‘विकासका कामहरु सबै मिलेर गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो विकास किन भएन, एक फुट जग्गा कट्यो भने ढुङ्गा लिएर उत्रने, अनि विकास भएन भनेर मोबाइलमा नेतालाई गाली गर्ने, यो प्रवृत्तिले पनि विकासका काममा अबरोध आउने गरेको छ । त्यसकारण विकासका काममा सबै मिलेर जानुपर्छ’ ।
उक्त उद्धाटन कार्यक्रममा लायन्स क्लब र लियो क्लब विराटनगरको आयोजनामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । रक्तदानमा ३३ पीन्ट रगत सङ्कलन भएको आयोजकले जानकारी दिएको छ ।