प्रेस सेन्टर धरान नगरमा बिनोद

धरान, koshipost.com
प्रेस सेन्टर धरान नगरमा विनोद विश्वकर्मा सर्बसम्त चयन भएका छन् । प्रेस सेन्टर नेपाल धरान उपामहानगर समितिको बुधबार सम्पन्न तेश्रो सम्मेलनले बिनोद बिश्वकर्माको अध्यक्षतामा १३ सदस्यिय नगर कार्य समिती चयन गरेको हो ।
धरान(१२ चतरा लाईन स्थित होटल स्टार पूर्विमा भएको सम्मेलनबाट उपाध्यक्षमा नमिता राई, सचिवमा सर्ण कुमार सम्बाहाम्फे, कोषाध्यक्षमा अन्कित ढुङ्गाना चयन भएका छन। कार्य समितिको सदस्यहरुमा निलेष बिष्ट, अनिष बस्नेत, मनिषा ढुङ्गाना, दुर्गा खाती, मनिषा बिश्वकर्मा चयन भएका छन। त्यस्तै अन्य सदस्यहरुमा निरु लिम्बू, सौरभ गदाईली, लक्ष्मी कार्की र दिपन विश्वकर्मा गरी १३ सदस्य रहेका छन् ।
नव निर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजन केडिले शपथ ग्रहण गराए । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य एबम नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, अर्का केन्द्रीय सदस्य केडि लगायतले नव निर्वाचित पदाधिकारी र कार्यसमिती सदस्यहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।
प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका १ नम्बर प्रदेश सदस्य मुक्सामहाङ मेन्याङो(मुकेस), केन्द्रका प्रदेस सदस्य अइन्द्र बिक्रम बेघा, प्रेस सेन्टरका केन्द्रीय सदस्य एबम नेपाल पत्रकार महासङ्घ सुनसरीका पुर्ब अध्यक्ष केशब घिमिरे, माओवादी केन्द्रका नेता फोक्वाहाङ सुब्बा(चोत्लुङ), माओवादी केन्द्रकी नेत्री एबम महिला सन्जाल धरानकि अध्यक्ष चेतना श्रेङ, प्रेस सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्मा र श्रीसिसा राईले शुभ(कामना मन्तब्य ब्यक्त गरे। कार्यक्रममा माओवादी नेत्री साबित्रा चौलागाई(भुमिका), वाईसिएल नेपालका केन्द्रीय सदस्य भुवन याखा, प्रेस सेन्टरका प्रदेस न.१ सदस्य गोबिन्द बस्नेत र सन्जय याखा, माओवादी केन्द्र धरानका विभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिती थियो ।
सेन्टरका जिल्ला सह सचिव मनोज निरौलाले स्वागत मन्तब्य राखेका थिए । नव निर्वाचित बिनोद बिश्वकर्माले संचालन गरेको कार्यक्रममा प्रेस सेन्टर सुनसरीका जिल्ला समन्वय समितिका पदाधिकारी लगायत विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

