समाचारहेडलार्इन

धरानका युवा ब्राउनसुगर सहित पक्राउ

धरान,koshipost.com

धरानमा एक जना युवा ब्राउनसुगर सहित पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–१६ का २४ वर्षीय प्रबिण भुजेल रहेका छन् । संघीय प्रहरी इकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।


प्रतिबन्धित लागूऔषध ब्राउनसहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button