समाचारस्थानीयहेडलार्इन

धरानको १० औं नगरसभा फागुन ३ गते हुनेगरी स्थगीत

[mashshare]

धरान,koshipost.com


सुनसरी धरान उपमहानगरपालिकाको १० औं नगरसभा आगमी फागुन ३ गते हुनेगरी स्थगीत गएिको छ । १० औं नगरसभामा विधेयक, आचारसंहिता र ऐन संशोधनको प्रस्वाव पेश भएपछि नगरसभा स्थगीत गरिएको हो ।


शुक्रबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा भएको नगरसभा आगमी फागुन ३ गते सुनसरी उद्योग वाणिज्य संघको हलमा हुने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार नगरसभामा उपमहानगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७८ पेश भएको छ भने शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक २०७८ प्रस्तुत भएको छ ।


नवौं नगरसभाले स्वीकृत गरेको आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ मा केही बुँदा संशोधन गर्न पनि प्रस्ताव पेश भएको छ । प्रस्ताव पेश भएपछि शुन्य समयमा बोल्न कोही पनि इच्छुक नभएपछि नगरसभा फागुन ३ गते हुने गरी स्थगीत भएको खतिवडाले जानकारी दिए । १० औं नगरसभा उद्घाटन समारोहमा प्रमुख अतिथि एवं संघीय सांसद जयकुमार राईले ५ बर्षे कार्यकाल सफल भएको बताए । सांसद राईले धरान उपमहानगरको काम प्रदेश १ मा सबैभन्दा उत्कष्ट कार्यसम्पादन गर्ने नगर भएको बताए ।


धरानका जनप्रतिनिधिहरु नेपालमा कम कलंकित भएको पनि सांसद राईको भनाई थियो । उनले जनताहरु विदेशका जनप्रतिनिधि र आफ्ना देशका जनप्रतिनिधिहरु के गर्दैछन् भनेर तुलना गर्न सक्षम भएको भन्दै प्रतिनिधिहरु सजग रहनुपर्ने पनि बताए । ‘हामी कुनै पनि कुराले कलंकित हुनुहुदैन, जनता निराश हुन लागेका छन्, सचेत रहनुपर्छ,’सांसद राईले भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button