
धरान,koshipost.com
सत्ता गठबन्धन दलले धरानस्थितवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बैशाख ३० गते हुनगईरहेको स्थानीयतहको निर्वाचनबारे छलफल गरेको छ । नेपालीकांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा निजकै निवासमा बैठक बसी छलफल गरेको हो ।
बैठकले हाल सरकारले गरेको निर्णय समिक्षागर्नु पर्ने सम्बन्धमा छलफल गरेको छ । बहालवाला पदाधिकारीहरुलाई यथावत राखेर प्रतिष्ठानको कामगर्ने गरी कर्मचारी तोकेको विषय अदालतमा विचाराधीन रहिरहेको अवस्थामा पछिल्लो पटक मन्त्रीस्तरीय निर्णय गरी पुनःउनै कर्मचारीलाई थपअधिकार प्रत्यायोजन गरिनु वैधानिक र व्यवहारिक हुननसक्ने बैठककले शंका गरेको छ । सरकारले संचालक परिषदको बैठकमा जोड दिई विद्यमान कानुनी व्यवस्थालाई टेकेर संचालक परिषद वा अन्य संवैधानिक वाटो अपनाई प्रतिष्ठानको समस्या तत्काल हल गर्न राजनीतिक दलको तहवाट पनि पहल गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा आसन्न स्थानीयतहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने बारेमापनि छलफल भएको छ । छलफलमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न प्राविधिक मात्र नभई व्यवहारिक ?पले पनि कठिनाई हुने भन्दै तालमेल गर्न उपयुक्तनहुने तर्क गरेका छन् भने अन्यदलले कार्यकर्ता र मतदातामा एक खाले मनोविज्ञान पैदा हुने भन्दैलामो समय अन्यौलतामानबसीतालमेल गर्ने नगर्ने सम्बन्धमा समयमै निर्णय हुनुपर्ने विचार राखेका छन् ।
बैठकमा नेपाली कांग्रसका १ नं. प्रदेश महामन्त्री उमेश थापा, सुनसरी जिल्ला सचिवमाधव घिसिङ, प्रदेशसभा १(१) र १(२) का सभापतिद्धय अनिलश्रेष्ठ र मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, क्षेत्रीय सचिव केशव पुरी र क्षेत्रीय सहसचिव सुमित राईको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका १ नं. प्रदेश सदस्य अवइन्द्र वेघा, धरान नगरका वरिष्ठ सदस्य चोत्लुङ, पूर्व जिल्ला सदस्य अशोक राईको उपस्थिति रहेको थियो । त्यस्तै, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भिम राई र धराननगर सभापति ताजुव लिम्वुको उपस्थिति रहेको थियो ।