अर्थ खबरसमाचारसमाजहेडलार्इन

धरानमा ८० लाखमा कफी पब एण्ड रेष्ट्रो संचालनमा आउँदै

[mashshare]


धरान, pshipost.com,
सुनसरीको धरानमा ८० लाखमा कफी पब एण्ड रेष्ट्रो संचलानमा आउने भएको छ । धरान १० पुतलीलाईनमा एक जना संचारकर्मी सहित ३ जनाको लगानीमा कफी पब एण्ड रेष्टो« संचालनमा ल्याईने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी संचालकहरुले आगमी फागुन १ गतेबाट कफी पब एण्ड रेष्ट्रो संचालन गर्न लागेको जानकारी दिए ।


संचारकर्मी शिशिर राई, रोमकुमारी लिम्बु यस्तै,ज्वाँइ खानाका सञ्चालक हरि श्रेष्ठको लगानीमा पब एण्ड रेष्ट्रो संचालन गर्न लागेको हो । पब एण्ड रेष्ट्रो बिहान ७ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने संचालकहरुको भनाई छ । संचालकका अनुसार एक पटकमा करिब १ सय जना ग्राहकहरुलाई सेवा दिइने बताईएको छ । संचालक राईका अनुसार धरानेहरु फिटनेसप्रति सचेत रहेकोले यहाँ सन्तुलित पोषणयुक्त परिकारहरु पनि उपलब्ध हुनेछ । पब एण्ड रेष्ट्रोमा अनुभवी वारिष्ठा र सेफले बनाएको कफी, बेकरी आइटम, फाष्ट फुट, इण्डियन, नेपाली, चाइनीज परिकारहरु पाईन्ेछ । साथै बैठक, बर्थ डे पार्टीको लागि छुट्टै क्याबिन कटेज पनि रहेको छ । कफी पवले शुभारम्भको अवसरमा फागुन १ गतेदेखि १५ गतेसम्म हरेक खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट दिने संचालकहरुले बताएका छन् ।


कफी पब एण्ड रेष्ट्रोको उदघाटनको दोस्रो दिन १४ फ्रेबुअरी अर्थात भ्यालेन्टाइन डेको दिन चर्चित साहित्यकार एवं कलाकार उपेन्द्र सुब्बा (झाक्री)को एकल कविता वाचनको आयोजना हुने भएको छ । साँझ ५ बजेदेखि शुरु हुने कार्यक्रममा शुरुवातमा नाद सरगम संगीत विद्यालयका कलाकार प्रिया लामा र रोनिश श्रेष्ठले अकुस्टकी शैलीमा गीत प्रस्तुत गर्नेछन् । उनीहरुको प्रस्तुती करिब २ घण्टा हुने बताईएको छ ।


साँझ ७ बजेदेखि कलाकार उपेन्द्र सुब्बाको प्रस्तुती शुरु हुनेछ । उनले आफ्नो पुराना र नयाँ प्रेमिल कविताहरु वाचन गर्नेछन् । उनले पनि करिब २ घण्टा कविता वाचन गर्ने र कार्यक्रम राती ९ बजेसम्म हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि प्रवेश टिकट लाग्नेछ भने टिकट रकम बराबरको कम्प्लीमेन्ट्री ड्रिंस र स्न्याक्स उपलब्ध हुने संचालक हरि श्रेष्ठले जानकारी दिए निमन्त्रणा कार्डसहित आउनेहरुको हकमा प्रवेश निःशुल्क गराइने छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button