पत्रपत्रिकासमाचारहेडलार्इन

झुना धमलाद्वारा लिखित सफलताको बाटो पुस्तक विमोचन (भिडियो


धरान,koshipost.com

सुनसरीको धरानमा झुना धमलाद्धारा लिखित सफलताको बाटो पुस्तक विमोचन गरिएको छ । शनिबार धरान (१४ विजयपुरमा रहेको दन्तकाली माविमा एक कार्यक्रम बिच पुस्तक विमोचन गरिएको हो ।

विमोचन कार्यक्रममा लेखिका धमलालाई प्राध्यापक शिक्षक, पत्रकार, कवि र विद्यार्थीहरुले विभिन्न समस्यको बाबझुद् पनि पुस्तक प्रकाशन गरेको भन्दै शुभकामना दिएका थिए । सफलताको बाटो पुस्तक १ सय ६५ पृष्ठको रहेको लेखिका धमलाले जानकारी दिईन् ।

५ सय प्रति छापिएको पुस्तकको मूल्य २ सय र संस्थगत मूल्य २ सय ५० रुपैया रहेको लेखिका धमलाले बताईन् । ‘आफूले रिटाएर लाइफ जीउनु पर्ने पाँच जना छोरी र एक छोरा छन् तर,उमेर बुढो भएपनि मन बुढो नहुने रहेछ । यो मेरो पहिलो प्रयास हो । मलाई पुस्तक लेख्नु डा.भवानीशंकर भट्टराई र उपप्राध्यापक टीकाराम दाहालले, प्रा. डा राजेन्द्र शर्मा र प्रा. डा टंक प्रसाद न्यौपानेले एकदमै ठुलो सहयोग गर्नुभएको छ ।’ झुनाले विमोचन कार्यक्रममा भनिन् ।


कार्यक्रमका प्रमुख अतिथि वडा नंं.(१४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र कार्यक्रमका विशिष्ठ अतिथि वडा नं.–१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले सामूहिक रुपमा पुस्तक विमोचन गरेका हुन्् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउने भनिएका प्रदेश नं १ का सभामुख प्रदिप भण्डारीले आफू कार्य व्यस्तताका कारण आउन नपाएको भन्दै लेखिका धमलालाई डिजिटल प्रणालीको प्रयोग गर्दे फोनबाट शुभकामना दिएका थिए । सभामुख भण्डारीले पुस्तकमा पनि शुभकामना दिएका थिए ।
प्रमुख अतिथिको मन्तव्य राख्दै भट्टराईले भने ‘देश परिवार, विद्यालय, विभेद अत्याचार, स्वास्थ्य र संस्कार जस्ता अनगिन्ती कथा समेटिएको सफलताको बाटो पुस्तकले साँचिकै व्यक्तिहरुलाई सफल बाटोमा हिँड्नु मद्यत गर्छ । एउटा लेखपढ नभएको व्यक्तिले कृषि क्षेत्रमा आवद्ध भएर यसरी पुस्तक लेख्नु चानचुने कुरा हैन्। ’


विशिष्ट अतिथिको मन्तव्य राख्दै काफ्लेले भने छोरीहरुले पुस्तक लेख्ने समयमा आमाहरुले आत्मबलका साथ पुस्तक लेख्दा म खुसी यस अर्थमा छु एक व्यापारीबाट उद्यमी महिलाबाट अब लेखिका पनि बन्नु भएको छ । उनले भने ‘अन्य मनोरञ्जनका मञ्चहरुमा थामिनसक्नु भिडहुन्छ तर, साहित्य पहिलाको जस्तो छैन्। तर, यो बुढापाकाबाट सुनिएका समाजसुधार सम्बन्धि र नीति र आर्दशका कुरा अनि व्यवहार संचालन गर्दा देखेका र भोगेका कुरालाई लेखिकाले सङग्रह गरी नयाँ पुस्ताकालागि पस्केको यो विमोचित पुस्तक नेता, डाक्टर,शिक्षक, सरकारी कर्मचारी, कलाकार, युवावर्ग र विद्यार्थी सबैले पढ्नु पर्ने खालको छ ।’
यस्तौ प्र। डा राजेन्द्र शर्माले शुभकामना दिदै भने ‘गौतम बुद्ध म गौतम बुद्ध बन्छु भनेर गौतम बुद्ध बनेका हैनन् त्यस्तै झुना धमला पनि म लेखिका बन्छु भनेर पुस्तक लेखेको हैन् यो उहाँको पनि सफतलाको बाटो हो भने उहाँले थाहा नपाउँदो तरिकाले अरुलाई सफलताको बाटोमा हिड्नु प्ररित गरेको पुस्तकले प्रष्ट पारेको देखिन्छ । ’


पुस्तकका सम्पादक डा.भवानी शंकर भट्टराईले ले पुस्तकको समिक्षा गर्दे भने उहाँको पुस्तक लेख्नु सोचहरु चै आकाशिएका थिए तर, व्यवहारिक ज्ञान मात्र भएको शैक्षिक योग्यता नभएकाले शव्दहरु चै मरुभुमी शरह भएको अवस्थामा उपप्राध्यपक टीका सर र मइले झुना धमला ज्यूमा पलाएको भाव नमार्ने र पुस्कको मार र सार पनि झल्काउन आफूले सक्दो प्रयास गरी सहयोग गरेको बताए । उनले भने ‘ साहित्य जस्तो समालोचन त हुँदैन् पुस्तक विमोचन पछि समिक्षा त गर्नु पर्ने नी हुन्छ उहाँले यो साहित्यतर्फको लेखहरु चै अलग्गै बनाएर अन्य अन्य समग्र रचनाहरुलाई अलग्ग पस्केको भए सुनमा सुगन्ध हुने बताए ।’

विमोचन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा धरानका संचारकर्मीहरुको सहाभागीता रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button