समाचारस्वास्थ्यहेडलार्इन

चुल्होको आगो सल्किदा धनकुटामा एक महिलाको जलेर मृत्यु


धनकुटा,koshipost.com
चुल्होको आगो सल्किदा धनकुटामा १ महिलानको जलेर मृत्यु भएको छ । धनकुटाको पाख्रिवास नगरपालिका ९ की ५९ वर्षीया शिव माया मगरको चुल्होको आगो सल्किदा जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार पाख्रिबास नगरपालिका ९ की ५९ वर्षीया शिव माया मगरको सोमबार जलेर मृत्यु भएको छ । सोमबार पौने १० बजे मृतककै घरमा घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आगो शरीरमा सल्किएर उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।


घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिएर गई प्रारम्भिक अनुसन्धान गरेको र शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको प्रहरीले जनाएको छ । साथै, घटनाबारे थप अन्य अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button