खेलकुदसमाचारहेडलार्इन

धरानमा थ्री वाई थ्री अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिता हुने

[mashshare]

धरान,koshipost.com

धरानमा होलिल्याण्ड स्कूलको आयोजनामा थ्री वाई थ्री अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ । बुधबार धरान १० स्थित कफि पव एण्ड रेष्ट्रोमा पत्रकार सम्मेलन गर्दे यही फागुन ७ र ८ गते प्रतियागिता हन लागेको आयोजकले बताएको हो । प्रतियोगिता होलिल्याण्ड स्कूलको बास्केटबल कोर्टमा आयोजकले जानकारी दिएको छ ।


विद्यायालयको २५ औं बार्षिकोत्सवको अवसरमा माघ पहिलो हप्तामा नै प्रतियोगिता गर्ने योजना बनाएको भएतापनि कोरोनाको तेस्रो भेरियन्टका कारण स्थागीत गरिएको स्कूलका प्रिन्सिपल राजकुमार लिम्बुले जानकारी दिए । कोरोनाको कारण लामो समय सम्म विद्यालय बन्द रहेको कारण विद्यार्थीहरुको तनाव कम गर्न साथै विद्यार्थीहरु तथा खेलाडीहरुमा बन्धुत्वको भावना ल्याउनका लागि, विद्यालयहरु बिच भाईचाराको सम्बन्ध कायम राख्न प्रतियोगिताको आयोजना गर्न लागेको लिम्बुले बताए ।


धरान आसपासका विद्यालयहरुबाट महिला तर्फ ९ टिम र पुरुष तर्फ ११ टिमले सहभागिता जनाउने प्रतियोगिताका संयोजक नविन राईले जानकारी दिए । राईका अनुसार आयोजक होलिल्याण्ड, समिट, सियोन, प्रहरी स्कूल, यूएन, डिपो, सगरमाथा र तरहरा लगायतका विध्यालयह?को सहभागिता रहने छ । प्रतियोगितामा महिला पुरुष दुवै तर्फका बिजेता तथा उप बिजेताले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


बिजेताले नगद ५ हजार, १ हजार बराबरको कफि पव फूड भौचर पाउनेछन् । भने उपविजेताले नगद २ हजार ५ सय रुपैँया, पाँच सय बराबरको कफिपव फूड भौचर पाउनेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ हजार र ५ सय बराबरको कफि पव फूड भौचर, ५ सय बराबरको ज्वाँई खाना फुड भौचर पाउने आयोजकले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button