
सर्लाली,koshipost.com
सर्लाली जिल्लाको हरिपुर नगरपालिकामा आगलागी भएको छ । सर्लाली जिल्लामा छुट्टा छुट्टै दुइृ स्थानमा आगलागी भएको हो । हरिपुर नगरपालिका(३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका(४, निवासी देवराज सिङतानको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्योगमा रहेको एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएको छ । त्यस्तै, साँझ सिङतानको घरमा आगलागी भएको थियो । आगलागीबाट अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।