
काठमाण्डौं, koshipost.com
प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनलाई निर्णायक छलफलका लागि बैंठक ढाकेको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनमा मतभेद भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा त्यसबारे निर्णायक छलफल गर्न बैठक ढाकेको हो । अहिले साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा त्यसबारे निर्णायक छलफल गर्न बैठक राखेका हुन् ।
बैठक आज विहान प्रधानमन्त्री देउवासँग छलफल गरेका दाहालले दिउँसो नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । छलफलपछि अध्यक्ष दाहालले गठबन्धन कसरी बचाउने भनेर प्रयासरत रहेको बताईएको छ । दाहालले भने, ‘गठबन्धन कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्नेबारे छलफल भयो । हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’ उनले गठबन्धनको छलफलबाटै निकास आउने बताए ।
बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि गठबन्धनको बैठकमा त्यसबारे छलफल हुने बताए । ‘यसमा धेरै बोलेर पनि बिग्रिएको छ, अहिले केही भन्नुछैन,’ उनले भने, ‘अब गठबन्धनको बैठकबाटै निर्णयमा पुग्छौँ ।’